काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालत फर्किने तयारी गरेपछि उनलाई रोक्न अधिवक्ताहरु सर्वोच्च परिसरमा धर्ना बसेका छन् ।
संसद् सचिवालयले महाअभियोग निष्प्रभावी भएको व्यहोराको पत्र सर्वोच्च र न्याय परिषद्लाई पठाएपछि जबरा सर्वोच्च फर्किन लागेका छन्। जबराले आज दिउँसो ३ बजे सर्वोच्च फर्किने तयारी गर्दैछन् ।
उनलाई अदालत छिर्न नदिनेगरि नेपाल बार एशोसिएसनकोका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ सहित बारका सदस्य र अधिवक्ताहरु धर्नामा सहभागी छन्।
यसबीच बारको आकस्मिक बैठक बस्न लागेको छ। बारको बैठकले महाभियोग सामना गरिरहेका जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने रणनीति बनाइरहेको छ ।













