धनगढी । धनगढीमा होटलको छतबाट खसेरएक जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित कमल रोशन होटल एण्ड लजको छतबाट खसेर २६ वर्षीय कपिल सोडारी घाइते भएको प्रहरीले जनाएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) देबेन्द्रबहादुर पालले शुक्रबार राती करीब साढे १२ बजेतिर सोडारी छतबाट खसेर घाइते भएको बताए ।
उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।













