काठमाडौँ – चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनाको अवधिमा नेपालबाट ३० करोडको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुससम्मको अवधिमा ३० करोड ३७ लाख ४२ हजार रुपैयाँको यार्सागुम्बा निर्यात भएको हो ।
यस अवधिमा नेपालबाट ४९६ किलोग्राम यार्सागुम्बा निर्यात भएको तथ्यांकमा उल्लेख छ । विश्वका १२ वटा मुलुकले नेपालबाट यार्सागुम्बा किन्दै आइरहेका छन् । तीमध्ये सबैभन्दा धेरै हङकहङ र कम्बोडियाले किन्ने गरेका छन् । यस अवधिमा हङकङमा १३ करोडको यार्सागुम्बा निर्यात हुँदा कम्बोडियामा १० करोडभन्दा धेरैको यार्सागुम्बा निर्यात भएको छ ।













