काठमाडौँ – नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै देशका बाँकी पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान मौसमविद्ले गरेका छन् ।
कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने महाशाखाले बिहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ ।














