दार्चुला- दार्चुलामा खाना पकाउने ग्यास लिक (चुहिएर) भएर आगलागी भएको छ । महाकाली नगरपालिका –५ घट्टेखोलास्थित ओमकार पन्तको फुड गार्डेन रेष्टुरेन्टमा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
भान्सा कोठामा आगलागी हुँदा भान्सामा रहेका भाडावर्तन, अन्न, फ्रिजलगायतका समान जलेर नष्ट भएको उहाँले बताउनुभयो । प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक शाहीले बताए।
केही दिन पहिले महाकाली नगरपालिका –५ मै एक घरमा समेत ग्यास लिक भएर आगलागी भएको थियो ।















