धनगढी- यहि चैत ५ र ८ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनलाई मध्येनजर गरी नेपाली कांग्रेस कैलालीले जिल्ला प्रतिनिधि खटाएको छ । नेपाल बिद्यार्थी संघका उम्मेदवारलाई बिजयी गराउन जिल्ला कार्य सम्पादन समिति कैलालीको विहीबार जिल्ला पार्टी कार्यालय, धनगढीमा बसेको बैठकले प्रतिनिधि खटाउने निर्णय गरेको हो ।
समितिले संघीय निर्वाचन क्षेत्र १ र २ मा जिल्ला सचिव नृप बहादुर सुनार, निर्वाचन क्षेत्र नंम्बर ३ उपसभापति भिम बडुवाल र निर्वाचन क्षेत्र ४ र ५ जिल्ला सचिव केशवराज मिश्रलाई खटाइएको जानकारी प्रचार–प्रसार विभाग प्रमुख तपेन्द्र भुषालले जानकारी दिए ।
त्यस्तै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पार्टीगत रुपमा कहीं गठबन्धन गर्न चाहेमा केन्द्रीय गठबन्धनका बिद्यार्थी संगठनहरु बीच कहि कुनै क्याम्पसमा तालमेलको जरुरी देखिए त्यसलाई सहज बनाउन गठबन्धन दलहरुसंग जिल्ला स्तरमा आवश्यक समन्वय गर्ने जिम्मेवारी जिल्ला उपसभापति खेमराज डंगौरा थारुलाई जिम्मेवारी दिएको संयोजक भुषालले जानकारी दिए । बैठकले जिम्मेवारीमा केन्द्रीत रहेर आफ्नो भुमिका कुशलता पुर्बक निर्वाह गर्ने छ ।















