काठमाडौं- तनहुँ-१ मा उपनिर्वाचनको हुने भएको छ। बिहीबार भएको निर्वाचनमा तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको हो।
सर्वोच्च अदालतले चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेले नागरिकता पुन : प्राप्ति नगरेको भन्दै सांसद पद खारेज गरेपछि उक्त क्षेत्रमा वैशाख १० गते निर्वाचन गर्ने घोषण भइसकेको छ। यता मनाङबाट निर्वाचित टेकबहादुर गुरुङले भ्रष्टाचार गरेको अदालतले ठहर गरेपछि उनको समेत सांसद पद खारेज भएको छ।
आयोगका अनुसार राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन पश्चात रिक्त हुने सबै निर्वाचन क्षेत्रमा एकै पटक उपनिर्वाचनका गर्ने तयारी छ। निर्वाचन आयोगका एक कर्मचारीले भने, ‘छलफलको चरणमा नै छौं। सकेसम्म प्रतिनिधि तथा प्रदेशसभामा रिक्त हुने सबै क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने तयारी गरेको छ।’
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राष्ट्रपति पदमा निर्वाचित भएपछि मात्र सांसद पदबाट राजीनामा दिने संवैधानिक व्यवस्था रहेको छ।













