• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
☰
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • २. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ३. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ४. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ५. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ६. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

  • ९. पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

विद्यालय बिदा हुँदा गिट्टी कुट्छन् बझाङका यी बालबालिका

  •   शुक्रबार, फागुन २६, २०७९ मा प्रकाशित

बझाङ- जयपृथ्वी नगरपालिका– ३ पडेसका रोशन विष्ट भैरवनाथ आधारभूत विद्यालयमा पढ्छन्। पाँच कक्षामा पढ्ने उनी बिदाको दिनमा जहिल्यै पुङर लेकमा पुग्छन्। दोघरी (दुईवटा घर भएको) विष्ट परिवारको अधिकांश समय पुङरमै बस्ने हो। सिँचाइका लागि अहिले पुङर लेकमा पक्की नहर निर्माणको काम भइरहेको छ। नहरमा ज्यालादारी काम गर्न हरेक परिवारको सक्दो उपस्थिति उत्तिकै छ। परिवारमा कम सदस्य हुनेलाई बालबालिकाले सहयोग गरिरहेका छन्। विद्यालय बिदाको दिनमा कहिले बालबालिका त कहिले अभिभावक श्रममा जाने गरेको स्थानीय विनोद विष्टले बताए।

उनका अनुसार गाउँमा केही योजना आएको वेलामा घर खर्च निकाल्न सजिलो हुने भन्दै बालबालिकाको बिदाको समय कुर्नुपर्छ। ‘घरमा कम सदस्य हुनेले त वस्तुभाउलाई पानी खुवाउने मान्छे पनि पाउँदैनन्। त्यसो हुँदा काम गर्न सकिँदैन’, उनले भने। बालबालिकाको बिदाको दिनमा भने घरको काममा बाधा नहुने उनी बताउँछन्।

बिदाको दिनमा वस्तुभाउलाई घाँस, पानी खुवाउने र बाँकी समय गिट्टी कुट्ने गरेको पाँच कक्षामा अध्ययनरत विपना खड्काले बताइन्। ‘सधैँ विद्यालयमै हुन्छौँ’, उनले भनिन्, ‘आजभोलि गाउँमा कुलोको पनि योजना आएको हुँदा घरका सबै त्यतै काम गर्न जानुहुन्छ। बिदाको दिनमा हामी पनि सहयोग गर्छौँ।’

उनले घरको वस्तुभाउको घाँसपातको काम गरेर बिदाको दिनमा दैनिक एकरडेढ कट्टा गिट्टी फुटाउने गरेको बताइन्। विपनाले बिदाकै दिनमा काम गरेर यसै महिना रु एक हजार एक सय जम्मा गरेको सुनाइन्। ‘एक कट्टा गिट्टीको एक सय रूपैयाँ पर्छ। मैले त एक दिन दुई कट्टा पनि बनाएकी छु।’ विद्यालय खुलेको समय पढ्ने र बाँकी समय घरायसी काममा सहयोग गर्ने गरेको उनले बताइन्।

भैरवनाथमा ४ कक्षामा अध्ययनरत रोहन विष्ट पनि घरमा खाली बस्नुभन्दा छिमेकी दिदीसँगै गिट्टी कुट्न आएको बताउँछन्। ‘नहरको काम गर्न आमा जानुहुन्छ। म गाईवस्तुलाई घाँस पानी दिएर गिट्टी कुट्न आएको हुँ।’ गिट्टी कुटेको पैसाले घरमा नुनतेल र आफ्नो कापीकलम किन्ने गरेको उनले बताए।

नहरमा मात्रै होइन, हरेक कामका लागि पनि ठूला मान्छे (उमेर पुगेका) लाई मात्रै लगाइन्छ। रोहन भन्छन्, ‘हामी सानो मान्छेलाई काम गर्न गए पनि पैसा दिँदैनन्। त्यसैले जाँदैनौँ। बरू एक कट्टा गिट्टी कुटे त्यसको पैसा आउँछ।’ नहरमा काम गर्दै गरेका भरत विष्टले पनि परिवारमा बालबालिका हुँदा निकै सहयोग हुने गरेको बताए। ‘बालबालिकालाई श्रम सिकाउन पनि काममा लगाउनैपर्छ। चाहे त्यसले जति ठूलो सानो काम गरोस्। नत्र उसले केही सिक्दैन’, उनले भने।

भरतका अनुसार कामका लागि भनेर बालबालिकालाई विद्यालयको समयमा छुटाउने होइन। गृहकार्यमा पनि आफूले सघाउने हो। ‘बालबालिकालाई श्रम, श्रमको महत्त्व, पारिवारिक स्थिति, भविष्यमा आइपर्ने हरेक समस्याको बारेमा जानकारी दिइरहनुपर्छ’, भरत भन्छन्, ‘अहिले कतिपय युवायुवतीलाई नै सामान्य घरायसी काम गर्न आउँदैन। खाना पकाउन आउँदैन। पानी पँधेराको काम आउँदैन। हाम्रा बालबालिकाहरूले त अहिले नै सिकिसके।’

भरतले बालबालिकाको भविष्यमा जति बेलामा पनि काम लाग्ने, आफूलाई पनि सहयोग मिल्ने भन्दै श्रम सिकाएको बताए। ‘भोलि सबैले सरकारी जागिर खान्छन् भन्ने पनि हुँदैन, सबैलाई पुग्ने हाम्रो देशमा जागिर पनि छैन’, उनले भने ‘त्यसैले जुनसुकै सीप सिकाउँदा पनि काम लाग्छ। भोलि उसले गरोस् या नगरोस्। आइपरेमा गरेर खान सक्छ। भोको बस्नु त पर्दैन। काम जे सिके पनि खण (खेर) जाँदैन।’ रासस

  • गिट्टी कुट्छन्
शुक्रबार, फागुन २६, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री भट्टबीच भेटवार्ता
नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट
वर्तमान संविधान जनताको ठूलो त्याग र बलिदानबाट निर्माण भएको हो : मुख्यमन्त्री भट्ट
कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप
वर्तमान संविधान नेपाली समाजको विविधतालाई समेट्ने सामाजिक दस्तावेज हो : मन्त्री थारु
कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा लागूऔषध र भरुवा बन्दुक बरामद, ५ जना पक्राउ

समाचार

सबै

प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री भट्टबीच भेटवार्ता

नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

वर्तमान संविधान जनताको ठूलो त्याग र बलिदानबाट निर्माण भएको हो : मुख्यमन्त्री भट्ट

कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री भट्टबीच भेटवार्ता

नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

वर्तमान संविधान जनताको ठूलो त्याग र बलिदानबाट निर्माण भएको हो : मुख्यमन्त्री भट्ट

कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • २.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ३.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ४.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ५.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ६.
    रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.