• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
☰
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • २. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ५. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ६. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

  • ९. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • १०. पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

देउडाबाट चम्किएका ‘अछामी बड्डो’

  •   मङ्गलबार, फागुन ३०, २०७९ मा प्रकाशित

महेन्द्रनगर – उनी देउडा गायन क्षेत्रमा झण्डै अढाई दशकदेखि लागिपरेका छन्। पछिल्ला केही वर्षमा भने निकै चर्चामा छन्। देउडा गीतमार्फत सबैको मनमा बस्न सफल भएका छन्, लालबहादुर धामी आर्थात् ‘अछामी बड्डो’ । पछिल्लो समय धामीलाई मेलारमहोत्सवमा पुग्न भ्याइनभ्याइ छ।

सुरुमा ‘लालबहादुर धामी’कै रुपमा उनले आफूलाई देउडा गायनमा समिर्पित गरेका थिए। आठ वर्षयता भने ‘अछामी बड्डा’का रुपमा धामी परिचित छन्। उनको ब्यस्तता बढ्दै गएको छ। सुदूरपश्चिममा लाग्ने मेला र महोत्सवमा धामीको माग धेरै छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का धामीले चार महिनामा सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरी ७० मेला तथा महोत्सवमा आफ्नो प्रस्तुति दिए।

बजारमा ल्याएको ‘यो अछामी बड्डो’ बोलको देउडा गीतले धामीको चर्चा चुलिएको हो। देउडा गायनमा उनी सदाबहारको सूचीमा रहन सफल भएका छन्। ‘अछामी बड्डो’ यूटुब, टिकटकलगायत सामाजिक सञ्जालमा पनि सो गीत अत्यधिकले मन पराएका छन्।

“विसं २०५५ देखि जन्मभूमि अछामबाट देउडा गुनगुनाउन थालेको हुँ”, गायक धामीले भने–“विसं २०७२ मा अछामी बड्डोका रुपमा देउडाका पारखीमाझ परिचित हुने अवसर मिल्यो।”

उनले तीन सय हाराहारीमा देउडा गीत बजारमा ल्याइसकेका छन्। धामीले पछिल्लो समय ५० भन्दा बढी गीत आफ्नै लगानीमा बजारमा ल्याएका छन्। ‘यो अछामी बड्डो’ देउडा गीतले सुदूरपश्चिम, कर्णाली मात्र होइन अरु ठाउँमा पनि चर्चामा छ।

गायक धामीले भने–“भारतको मुम्बइदेखि कर्णालीका बस्तीसम्म देउडा गीत गाउन बोलाउने धेरै छन्।” आठ बर्षअघि महेन्द्रनगरको स्थानीय रेडियोमा ‘भुटनभाटन’ हास्यव्यङ्ग्य कार्यक्रम प्रस्तोताका रुपमा धामी सुदूरपश्चिमका युवा पुस्तालाई देउडाप्रति आकर्षित गर्न अघि सफल भएका हुन्।

“स्टेजबाट देउडा गाउन थालेपछि हेर्न आउने युवा दर्शक पनि लामबद्ध भएर पाइलामा पाइला मिलाएर नाच्दा मन आनन्दित हुन्छ,” उनले भने, ‘ देउडा गायनसँगै युवा पुस्तालाई पनि हस्तान्तरण गरी जुगसम्म जोगाउनु आजको आवश्यकता हो।” पछिल्लो समय भाइरल हुनकै लागि गीत सङ्गीतमा लालायित हुनेबीच देउडामा पाइला मिलाउने पङ्क्ति सुदूरपश्चिममा बढिरहेको उनको भनाइ छ।

“कलाकार मात्रै भएर हुँदैन्, सबै सरोकारवाला निकायले देउडा जोगाउन हातेमालो गर्नु आवश्यक छ।” धामीले भन्नुभयो–“देउडा गीतलाई बजारमा चर्चा बटुल्नकै लागि प्रस्तुत गर्नु हुँदैन, यसतर्फ देउडा गायक तथा कलाकार सचेत हुन जरुरी छ।” देउडा सुदूरपश्चिमको पहिचान भएको उनको भनाइ छ। कलाकारितामा आवद्ध हुनेको आर्थिक अवस्था भने नाजुक रहेको धामी बताउँछन्।

“कलाकार बिरामी भयो भने आर्थिक अवस्थाकै कारण उपचार नपाउने अवस्था छ, त्यसैले कलाकार अक्षयकोष स्थापना गरेँ”, कञ्चनपुर लोक दोहोरी गीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका धामीले भने, “बिरामी हुँदा उपचार नपाउनेस्थिति नआओस भनेर कोष स्थापना गरी रकम जम्मा गर्न थालेका छौँं ।” धामीले केही दिनअघि आफूले मेला–महोत्सवमा पाउने पारिश्रमिकको तीन प्रतिशत रकम अक्षयकोषमा जम्मा गर्ने घोषणा गरेका छन्।

“आयोजकले सुदूरपश्चिमका मेला महोत्सवमा देउडा गाउन अनिवार्य बोलाउने गरेका छन्”, धामीले भने–“तराई÷पहाडमा देउडाको क्रेज बढ्दो छ ।” धामीले गाउनुभएका ‘डोटीकी छोर्‍याट्टी’, ‘बड्डो आयो डिजेमा’, ‘ओ मेरा मुसुरकी दाल’, ‘कैले तु छाउ हुदी’लगायत देउडा गीत निकै चर्चित छन् ।

“पहिले अडियो गीत मात्रै भए पनि चल्थ्यो, अहिले अडियोसँगै श्रव्यदृश्य पनि अनिर्वाय जस्तै बनिसक्यो”, उनी भन्छन्। धामीलाई पछिल्लो समय लालबहादुर भन्दा पनि ‘अछामी बड्डो’को नामले बढी चिन्ने गर्छन् । उनले अझै पनि सुदूरपश्चिमका कलाकारले गीत रेकर्डिङका लागि काठमाडाँै धाउनुपर्ने अवस्था कायमै रहेको बताए। “धनगढी र महेन्द्रनगरमा गीत रेकर्ड नहुँने होइन, तर स्तरीय रेकर्डिङका लागि काठमाडौँ नै धाउनुपर्ने अवस्था छ”, देउडा गायक धामीले भने। रासस

  • अछामी बड्डो
मङ्गलबार, फागुन ३०, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री भट्टबीच भेटवार्ता
नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट
वर्तमान संविधान जनताको ठूलो त्याग र बलिदानबाट निर्माण भएको हो : मुख्यमन्त्री भट्ट
कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप
वर्तमान संविधान नेपाली समाजको विविधतालाई समेट्ने सामाजिक दस्तावेज हो : मन्त्री थारु
कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा लागूऔषध र भरुवा बन्दुक बरामद, ५ जना पक्राउ

समाचार

सबै

प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री भट्टबीच भेटवार्ता

नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

वर्तमान संविधान जनताको ठूलो त्याग र बलिदानबाट निर्माण भएको हो : मुख्यमन्त्री भट्ट

कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री भट्टबीच भेटवार्ता

नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

वर्तमान संविधान जनताको ठूलो त्याग र बलिदानबाट निर्माण भएको हो : मुख्यमन्त्री भट्ट

कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • २.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ५.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ६.
    रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.