धनगढी- अछामका २८ वर्षीय एक युवक हराएका छन् । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ५ दोपाटाका २८ वर्षीय दिनेश दमाई बेपत्ता भएका हुन् ।
भारतको गुजरात जाने भन्दै फागुन १५ गते साझँ ४ बजे घरबाट निस्केका उनी सम्पर्कमा नआएको उनकी आमा मुगा दमाईले बताइ्रन् । युवकका खोजी गरिदिन आमा मुगा दमाईले आग्रह गरेकी छन् ।
हरियो सर्ट र कालो पाइन्ट लगाएका दिनेशलाई देख्ने जो कोह्रीले नजिकको प्रहरी कार्यालय वा उनका आमा मुगा दमाईको मोबाइल नम्बर ९८६३१०६१०७ वा ९७६९९३९०८५ मा सम्पर्क गरि दिन अनुरोध गरिएको छ ।













