काठमाडौं- बुधबारदेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदले बताएका छन् । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।
बुधबारदेखि भने मौसम सफा हुँदै जाने वरिष्ठ मौसमविद शान्ति कँडेलले बताइन् । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ । वर्षासँगै चिसो बढेपछि कतिपय जिल्लाको जनजीवन प्रभावित भएको छ ।
स्थानीयस्तरमा विकसित भएको प्रणालीसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु पनि मिसिएकाले मेघ गर्जन÷चट्याङसहित पानी परेको हो ।
यो समयमा सकेसम्म यात्रा नगर्न र यात्रा गर्नैपरे पनि पर्याप्त जानकारी लिन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।














