धनगढी- राष्ट्रिय धान दिवसको अवसरमा धनगढी उपमहानगरपालिका–१४ मा रहेको जन जागृति माध्यमिक विद्यालयले धान दिवस मनाएको छ। जन जागृतिका विद्यार्थी र शिक्षकले धान रोपेर धान दिवस मनाएका हुन्।
विद्यार्थीहरूलाई व्यवहारिक रूपमै रोपाइँबारे ज्ञान होस् भन्ने उद्देश्यका रोपाइँ गरिएको जन जागृति माध्यमिक विद्यालय प्राध्यापक टेकबहादुर क्षेत्रीले बताए ।
आगामी दिनमा पनि यस्ता खाले व्यवहारिक क्रियाकलाप गर्दै जाने उनको भनाइ छ। धान दिवसको अवसरमा विद्यार्थी र शिक्षकले विद्यालयमै दही चिउरासमेत खाएका थिए।













