• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ८. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ९. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

सुदूरपश्चिममा मूल्यवृद्धि आकासियो

  •   शुक्रबार, असार २९, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशलाई र स्थानीय सरकारले पालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य राखेपनि उक्त लक्ष्य पुरा हुन नसकेपछि मूल्यवृद्धि आकासिएको छ । ‘‘कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश’’ अभियान अन्तरगत भटमास, ओखर, सुन्तला, स्याउ, अदुवा, खाद्यान्न, बीउ, दूध, मासु र अण्डामा आत्मनिर्भर गराउन सबै जिल्लामा कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारको योजना थियो । तर योजना अनुसार काम हुन नसकेपछि त्यस्ता सामानको मूल्य बढेको हो ।

धनगढीमा अहिले ब्रोइलर कुखुराको मासु प्रति किलो ४६० रुपैयाँ पुगेको छ । लोकल कुखुराको मासु प्रति किलो ९५० रुपैयाँमा विक्री भइरहेको छ । जिउँदो लोकल कुखुरा ७५० रुपैयाँमा बिक्री भइरहेको छ । अण्डा एक क्यारेटको मूल्य ४४० रुपैयाँ छ । मसिनो चामल प्रति किलो ११०, मोटो चामल प्रति किलो ८० रुपैयाँ पुगेको छ । दूधको मूल्य प्रति लिटर ९० रुपैयाँ पुगेको छ । यो मूल्य दर हालसम्मकै उच्च हो । खसीको मासु एक हजार २५०, बंगुरको मासु ४२०, माछा ४४० रुपैयाँ प्रति किलोमा बिक्री भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशमा २६ लाख ९४ हजार ७८३ जनसंख्या छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिव्यक्ति प्रतिवर्ष दूध ९१ लिटर, माछा तथा मासु १४ किलो र अण्डा ४८ गोटा आवश्यक पर्छ । तर प्रदेशमा प्रतिव्यक्ति प्रतिवर्ष दूध ८१ लिटर, माछा तथा मासु ११ किलो र अण्डा २२ गोटा मात्रै उत्पादन हुने गरेको छ । सुदूरपश्चिम प्रदेशमा गाई र भैंसीबाट वार्षिक सरदर दुई लाख ४४ हजार लिटर दूध उत्पादन हुने गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा बोइलर, लेयर्स, लोकल कुखुरा, हाँस र अन्य जातका गरी पोल्ट्रीमा ३१ लाख ११ हजार विभिन्न जातका अण्डा दिने पन्छीको उत्पादन भइरहेको छ । बोइलरबाट एक लाख ६४ हजार, लोकल कुखुराबाट एक लाख ९८ हजार र अन्य जातका पोथीबाट १७ हजार गरी तीन लाख ७९ हजार अण्डा वार्षिक रुपमा उत्पादन हुने गरेको छ । हाँसका अण्डा वार्षिक पाँच हजार चार सय रुपैयाँ रहेको छ । प्रदेशमा भैसी, खसी, कुखुराको मासु ३१ हजार ९० किलो उत्पादन हुने गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा भेडा ९९ हजार, बाख्रा १० लाख ७३ हजार, बंगुर पाँच लाख ७६ हजार, कुखुरा २९ लाख ८३ हजार, हाँस एक लाख २८ हजार, चौरी गाई एक हजार तीन र गधा पाँच हजार पाँच सय पालिएको छ । प्रदेशमा सामानको मूल्य बढ्नुका साथै माग बढ्े पनि व्यापार घट्दो क्रममा छ । आर्थिक सर्वेक्षणले चालु आर्थिक वर्षमा थोक तथा खुद्रा व्यापारको २.९१ प्रतिशतले ऋणात्मक हुने अनुमान गरेको छ । यो दर अघिल्लो वर्ष ७.३९ प्रतिशत थियो । कृषि क्षेत्रको वृद्धिदर समेत घट्दै गएको छ ।

२०७६र७७ देखि २०७८/७९ सम्म कृषि क्षेत्रको वृद्धिदर क्रमशः ४.५८, ३, २.०१ थियो । निरन्तर ओरालोमा रहेको कृषि क्षेत्रको वृद्धिदर चालु आर्थिक वर्षमा १.६७ प्रतिशत हुने अनुमान गरिएको छ । गैरकृषि क्षेत्रको वृद्धिदर २.१३ प्रतिशत रहेने अनुमान गरिएको छ । प्राथमिक क्षेत्रको वृद्धिदर १.६६ र सेवा क्षेत्रको वृद्धिदर ३.२४ प्रतिशतले धनात्मक रहेको छ । गत आर्थिक वर्षमा प्राथमिक क्षेत्रको वृद्धिदर २.०६ र सेवा क्षेत्रको वृद्धिदर ५.४६ थियो । कृषि क्षेत्रको उत्पादन स्थिर रहँदा माग बढ्दै गएकोले मूल्य वृद्धिको श्रृखला निरन्तर उकालोमा रहेको विज्ञहरु बताउँछन् । कारोबारबाट

 

  • मूल्यवृद्धि आकासियो
शुक्रबार, असार २९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.