• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०९, २०८३
☰
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ७. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

सुदूरपश्चिम : बत्ती बाल्ने महिना सुरु, शक्तिपीठमा भक्तजनको भिड

  •   सोमबार, साउन ०१, २०८० मा प्रकाशित

बैतडी- बैतडीसहित सुदूरपश्चिम प्रदेशमा आजदेखि साउनको महिना बत्ती बाल्ने महिनाका रुपमा मनाइँदै छ। धार्मिक महिनाका रूपमा समेत चिनिने यस महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ भनिन्छ।

साउने सक्रान्तिदेखि बैतडीसहित सुदूरपश्चिमका जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रुपमा लिई मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको संस्कृतिका जानकार जयानन्द भट्टले बताए।

साउनको महिना देवीदेवता बैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यस महिनालाई कालो महिना भन्ने गरिएको हो। उनले भने, “साउनको महिना सबैतिर हरियाली हुने भएकाले देवीदेवता सुत्ने गर्दछन्, हरिशयनी एकादशीदेखि साउनको महिनासम्म भगवान बैकुण्ठमा बस्ने गर्छन्।”

शयन गरेका बेला बत्ती बालेपछि देवीदेवताको रक्षा हुनाका साथै कुनै पनि वैरी नलाग्ने जनविश्वास रहिआएको छ। आजदेखि भक्तजनले बिहानै उठेर नुहाइधुवाई गरी एक महिनासम्म व्रत बसी देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुनाका साथै अञ्जानमा गरिएका पाप कर्म नष्ट हुने धार्मिक विश्वास रही आएको छ।

बैतडीमा सातबैनी भगवती र सातभाई केदार देवताका मन्दिर रहेकाले नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीसमेत आउने गरेको दशरथचन्द नगरपालिका २ का दीपेन्द्र बोहराले बताए।

जिल्लाको सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार मन्दिर, सिगास मन्दिर, दशरथचन्द नगरपालिकामा रहेको ग्वाल्लेक केदार, जगन्नाथ मन्दिर, ईश्वरी गंगाधाम, सिगास गाउँपालिकामा रहेको सिगास मन्दिर, शिवनाथमा रहेको शिवनाथ मन्दिर, दोगडाकेदारमा रहेको दोगडाधाम, देउलेक केदार, भिटाकेदार मन्दिरमा श्रावणको महिनाभरी दर्शनार्थीहरुले दर्शन गर्न गर्दछन्।

श्रावण महिनाभरी मन्दिरमा राति जाग्राम बस्ने र बत्ती बाल्ने चलन रही आएको छ। जिल्लाबाट बसाइसरेकाहरु पनि मन्दिरमा पूजापाठ गर्नका लागि यो महिना जिल्ला भित्रिने गर्दछन्। बत्ती बाल्ने महिना सुरु भएसँगै यहाँका शक्तिपीठहरुमा दर्शनाथीको भीड समेत लागेको छ।

हर्‍यालो हालिँदै

सुदूरपश्चिममा आज खेतबारीमा रोगब्याधी नलागोस् र बालीनालीमा उत्पादन बढोस् भन्दै कुरिलो, मेललगायत हरिया वनस्पतिको हर्‍यालो हाल्ने चलन छ।

हर्‍यालो हाल्ने भन्नाले कुरिलो, मेललगायत हरिया वनस्पति खेतबारीको आलीमा रोप्नुलाई बुझिन्छ। साउनको महिना देवीदेवता शयन गर्ने भएकाले खेतबारीमा लगाइएको अन्नबालीको संरक्षण होस् भनेर हर्‍यालो हाल्ने गरिएको संस्कृतिका जानकार जयानन्द भट्टले बताए।

देवीदेवता शयन गर्ने भएकाले बालीनालीमा रोगव्याधि नलागोस् भनेर हर्‍यालो हाल्ने गरिन्छ, सङ्क्रान्तिका दिन ब्राह्मण र चेलीबेटीलाई टीका लगाएर दानदक्षिणा दिने पनि गरिन्छ।

यस्तै, साउनमा खिर पकाएर खाने तथा पराइघर गएका चेलीबेटीलाई मिठा खाद्यान्न परिकार पकाएर दिने गरिन्छ। यसकासाथै असार महिनाभर हिलामा पसेर खेतीपाती गर्नुपर्दा शरीर चिलाउने, खटिरा, लुतो आदि आउन सक्ने भएकाले जिउलाई सफासुग्घर गरी यस दिन लुतो फाल्ने गरिन्छ।

गाउँघरमा यस दिन साँझ अँगेनामा कुरिलो र तितेपाती सल्काएर एउटा अगुल्टो झिकेर चारै दिशामा घुमाउँदै ‘लुतो लैजाऊ’ भनी फ्याँक्ने गरिन्छ। त्यसरी लुतो फालिसकेपछि जिउमा घाउ, खटिरा आएको छ भने कुकुरडाइनो जलाई त्यसको मलम बनाएर लगाउने चलन छ।

साउन महिनालाई पवित्र महिना मानिन्छ। साउन महिनाभर पार्वतीले व्रत बसी महादेव पति पाएको धार्मिक विश्वास छ। यससँगै साउनको महिनादेखि चाडपर्व सुरु भएको समेत मानिन्छ।

  • बत्ती बाल्ने महिना
सोमबार, साउन ०१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप
भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा
बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति
दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो
लामो दुरीका बस सेवा बन्द
सुदूरपश्चिममा लामो दूरीका बस सेवा बन्द

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.