• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, साउन १४, २०८३
☰
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ८. धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

भजनीका नागरिकलाई बाढीको त्रास

  •   सोमबार, साउन ०१, २०८० मा प्रकाशित

टीकापुर- बर्खा लागेपछि कैलालीको भजनीका नागरिकलाई बाढीको त्रासले सताउने गरेको छ । भजनीमा हरेक वर्ष बर्खामा आउने बाढीले हजारौँ नागरिक विस्थापित हुनुका साथै धनजनको क्षति हुने गर्दछ । बाढीले भजनीका प्रायः सबै वडा प्रभावित हुन्छन् ।

बाढीले बढी जोखिममा वडा नं ३ र ८ रहेका छन् । पछिल्ला दुई वर्ष यी दुई वडामा धेरै क्षति भएको छ । भजनीकी सुनितादेवी राजी बर्खा लागेपछि राम्ररी सुत्न सकेकी छैनन । उनलाई सामान्य वर्षा हुँदा पनि बाढी आउँछ कि भन्ने पिरले सताउँछ । पानी पर्न थालेपछि सुनिताले अत्यावश्यक सामानको पोको पार्न थाल्छिन ।

गत वर्ष बाढी आउँदा एक वर्षको बच्चासहित सुनिता विस्थापित भएकी थिईन । केही दिन स्नेह आश्रयस्थलमा बच्चासहित बसेकी सुनिताको घरखेत सबै बगेपछि साहै्र कठिन भएको थियो । यस वर्ष पनि सुनिता बाढीको त्रासमा छिन ।

‘पोहोर आएको बाढीले घरखेत बगाउँदा सानो बच्चा बोकेर भागेको बिर्सेकी छैन’ उनले भनीन् ‘घर छोडेर एक साता आश्रयस्थलमा बसेका थियौँ, अहिले बच्चा दुई वर्षको भयो । यस वर्ष पनि ठूलो वर्षा भएमा घर जोगिने छैन ।’

सुनिताको घरमा बाढी आउने त्रासले अत्यावश्यक सामान पोको पारेर राखिएका छन् । धेरै वर्षा भएमा सुरक्षित स्थानमा जानुपर्छ भनी उनीहरु पूर्वतयारीमा बस्ने गरेका छन् । ‘गत वर्ष घरका केही सरसामान पनि रहेनन्, हरेक वर्ष जोडेको सामान त्यही पानीमा मिसिन्छ’ उनले गुनासो गरिन ‘अन्त जाने ठाउँ पनि छैन, बाढीले हरेक वर्ष सबै बगाएर सक्छ ।’

वडा नं ८ का खेमराज जैसी पनि बाढीले अघिल्ला वर्ष आँखैअगाडि मानिस बगेको बिर्सिएका छैनन् । बादल गड्गडाउन थालेपछि खेमराजको मन पनि बिचलित हुन्छ । खेमराज र उनका छिमेकी ठूलो वर्षा भएपछि भाग्नुपर्छ भनी पूर्वतयारीमा बस्ने गरेका छन् । ‘जब बादल लाग्छ, आकाश गड्गडाउन थाल्छ, मन निकै बिचलित हुन्छ’ उनि भन्छन ‘वर्षा नभए खेतीपाति राम्रो हुन्न तर हामीलाई थाहा छ तर बाढीको त्रासले पानी नै नपरोस् भन्ने लाग्छ ।’

गत वर्षको बाढीले वडा नं ८ का सबै टोलमा क्षति पुगेको थियो । बाढीले वडा नै तहसनहस भएको थियो । ‘बाढी नआएको कुनै वर्ष छैन, कुन वर्ष कति क्षति भयो भन्नेमात्र हो’ उनले भने ‘गत वर्ष त धेरै क्षति भयो । बाढीबाट बच्न भागिरहेका मानिस बाढीमै मिसिए, त्यसैले यस वर्ष हामी बढी त्रासमा छौँ ।’

भजनीकी पुष्पा राजी गत वर्ष बाढी आउँदा गर्भवती थिईन । बाढीले पुष्पाको पनि घरखेत बाढीले बगाएको थियो । बाढीपछि उनि पाँच दिन स्नेह आश्रयस्थलमा गएर बसेकी थिईन । उनले त्यो बेला भोगेका पीडा भुलेकी छैनन ।

अहिले पनि उहाँलाई बाढी आउँछकी भन्ने त्रासले सताइरहन्छ । ‘गर्भवती थिए, हिँडडुल गर्नै गाह्रो भइरहेका बेला बाढीले घर बगायो, घर छोडेर आश्रयस्थलमा बस्नुप-यो’ पुष्पाले भनिन ‘आश्रयस्थलमा त खान, बस्न समस्या भएन, घर फर्केपछि बगेको घर पुनःनिर्माण, खाद्यान्न अभावजस्ता कुराले सतायो ।’

पुष्पाको बच्चा अहिले आठ महिनाको छ । पुष्पालाई बाढीको डर रातिको समयमा बढी लाग्छ । ‘सुतेको बेला बाढी आएर थाहै नपाइ बगिन्छ कि भन्ने डर लाग्छ’ उनि भन्छिन ‘दिउँसो भए त भाग्न सकिन्छ, राति बच्चासहित भाग्न पनि कठिन हुन्छ ।’ भजनीमा वडा नं ८ को कृष्णनगर, काढाढिक, सोनाफाटा, जनकपुर, खैरागोड्चौरा, छच्छरहवा, बहादुरपुर, दैलेखीटोल, भर्खान टोल, कालिका टोल बाढीको जोखिममा रहेका टोल हुन् ।
त्यस्तै वडा नं ३ को बर्दवाफाटा, नयाँबस्ती, ढुसी, पकरिया डाडा, जवलपुर, कन्हैयापुर, कसुमघाट, वडा नं ५ को कौवाखेडा, दुदुवाफाटा, पगियापसार, कर्मदेव, लालबोझी, ७ को चर्रा, हिम्मतपुर, २ को पल्टुपुर, मोहनपुर र कटानपुर, वडा नं ४ र ९ को कुडीमा समेत बाढीले क्षति पुगाउने गरेको छ ।

भजनीमा पथरैया, मोहना, काढा र कन्द्रा नदीले क्षति पुगाउने गरेको छ । नगर प्रमुख केवल चौधरी पूर्वतयारीका कार्य भइरहेका, विपद् व्यवस्थापन समितिसँग छलफल भइरहेको बताउछन । ‘संघसंस्थाको सहयोगमा पालिकाले पलियापुरमा १६ परिवारका उच्च घर निर्माण गरिदिएको छ’ उनले भने ‘हरेक वर्ष बाढी आउँछ । सोह्र परिवारलाई ढुक्क भयो । अन्य ठाउँमा बाढी आएपछि भाग्नैपर्छ ।’

भजनीमा बाढीले विस्थापित हुने सयौँ परिवारले हुलाकी सडकको आश्रय लिनुपर्ने बाध्यता छ । बाढी आउँदा केही परिवार उच्च घर, केही विद्यालयमा आश्रय लिन्छन् भने अधिकांशले हुलाकी राजमार्गलाई आश्रयस्थल बनाउँछन् ।

पालिकाले बाढीबाट बच्न पूर्वतयारी, पूर्वकार्यका कार्य समुदायमा सिकाएको छ । पालिकाले नदी नियन्त्रणको काम गर्न नसक्ने भएकाले पूर्वतयारी, खोज तथा उद्धार, बाढीपछि राहत वितरणजस्ता कार्य गर्दै आएको छ । भजनीमा गत वर्ष आएको बाढीले सात हजार ९६ परिवार विस्थापित भएका थिए । उनीहरु करिब एक महिनापछि घर फर्किएका थिए । रासस

 

  • बाढीको त्रास
सोमबार, साउन ०१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनको मूल्य बढ्यो
लागूऔषधसहित ३ जना पक्राउ
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा
कुटपिटबाट श्रीमतिको मृत्यु,श्रीमान पक्राउ
सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?

समाचार

सबै

सुनको मूल्य बढ्यो

लागूऔषधसहित ३ जना पक्राउ

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

सुनको मूल्य बढ्यो

लागूऔषधसहित ३ जना पक्राउ

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.