बैतडी- बैतडीका बेपत्ता किशोर फेला परेका छन् । चार दिन देखि सम्पर्क विहीन रहेका जिल्लाको पञ्चेश्वर गाउँपालिका कुलाउ बस्ने अर्जुन मङ्गोलाका १५ वर्षीय छोरा निरज ममङ्गोला कैलालीको गोदावरीमा फेला परेका आफन्त ईश्वरी साउदले जानकारी दिइन् ।
धनगढी त्रिनगर फुपूको घर देखि कञ्चनपुरको पुर्नवास भिमबस्ति मामाको घर जाँदै गरेका निरज असार ३० गते बाटोबाटै बेपत्ता भएका थिए ।उनी मंगलबार दिउँसो फेला परेका बताइएको छ । उनी चार दिन देखि सम्पर्क विहीन थिए ।













