• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ७. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

सुदूरमा रोपाइँ सकियो, स्याउ टिप्न भारत जाने युवाको लर्को

  •   शुक्रबार, साउन ०५, २०८० मा प्रकाशित

धनगढी- खेतीपातीको काम सकिएपछि सुदूर पश्चिमेली भारततिर पलायन हुन थालेका छन् । सिजन अनुसारको मजदुरी गर्नका लागि नेपाली युवा भारत पस्न लागेका हुन् । रोपाइँको काम सकेर धेरै नेपाली छोटो अवधिको कामका लागि भारत जाने गरेका छन् । अहिले भारत जाने त्यस्ता युवाको त्रिनगर भन्सार नाकामा लर्को लाग्ने गरेको छ ।

‘यता कामधन्दा सकिएकाले केही कमाउने आसमा भारत पुगेका छौ’, कैलालीको गौरीगङ्गा नगरपालिका १० नुक्लिपुरका ठगवीर चौधरी भने–‘अब दीपावलीमा मात्रै फर्किन्छौँ ।’ त्ससबेलासम्म अहिले रोपिएको धान समेत पाकेर काट्ने बेला हुने भएकाले अहिलेलाई खाली समयमा भारतको हिमाञ्चल प्रदेशको सिमलातर्फ जान लागेको उनको भनाइ छ ।

उनीसँगै अन्य ४ जना युवा सिमला पुगेको बताउँदै स्थानीय तथा नुक्लिपुर होम स्टेका अध्यक्ष दिनेश दहितले लगत्तै ४० जना युवाको समूह साउन ५ गते सिमलाको लागि हिँड्ने तयारीमा रहेको बताए । उनीहरु कोही यसअघि पनि सिमला गएर स्याउ टिप्ने काम गरिसकेका छन् भने, कोही पहिलो पटक जाँदै छन् ।

कैलाली र कञ्चनपुरको विभिन्न गाउँबाट अहिले युवाहरू भारततर्फ गइरहेको बताइएको छ । यहाँ उपयुक्त रोजगारी नपाइने भएकाले तन्नेरीदेखि ६० वर्ष लागिसकेका व्यक्ति पनि मजदुरीका लागि उतै गइरहेका छन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिका ५ का जीवन मगरले भने, ‘गाउँघरमै रोजगारीको व्यवस्था भए त यसरी हरेक वर्ष जानु पर्दैनथ्यो । तर, कुनै किसिमको रोजगारी छैन र कृषि पेसाले मात्रै गुजारा चल्दैन । त्यसैले काम गर्न भारत जानुपर्ने बाध्यता छ ।’

रोपाइँको काम सकिएपछि मौसमी कामका लागि नेपालीहरू भारतको हिमाञ्चल प्रदेश, सिमला, पुने, रिमा लगायतका ठाउँमा कामका लागि नेपालीहरू जाने गरेका हुन् । खास गरेर उनीहरू स्याउ टिप्ने, घाँस काट्ने लगायतको कामका लागि भारत जाने गरेका छन् । साउनमा गएकाहरू तीन÷चार महिना काम गरेर दसैँ वा तिहारमा फर्किने गरेका छन् ।

चार÷पाँच महिना काम गर्न पाएमा चाडपर्वको बेला ४०५० हजार रुपियाँ कमाएर फर्किने उनीहरू बताउँछन् । गाउँघरबाट समूह बनाएर धेरै मान्छे भारतमा काम गर्न जान थालेपछि कोही रहरले पनि कामका लागि उता जाने गरेका छन् भने, कोही बाध्यताले । घरको आर्थिक अवस्था कमजोर भएपछि नचाहेर पनि कोही व्यक्ति बाध्यताले मजदुरी गर्न भारततर्फ जाने गर्दछन् ।

यसो त सुदूरपश्चिमेलीहरु अहिले मात्रै होइन, वाह्रैमास कामको खोजीमा भारत जाने गरेका छन् । यहाँको ७ पहाडी जिल्लाकाका नागरिकहरू स्थानीय स्तरमा भरपर्दो काम नहुँदा भारतमै निर्भर हुँदै आएका छन् ।

काम गर्न भारत जानेका यकिन तथ्याङ्क भने छैन । हालसम्म कुनै पनि निकायले भारतमा काम गर्न जाने मजदुरको तथ्याङ्क राखेको छैन । सुदूरपश्चिम प्रदेश सरकारले भारत जानेको तथ्याङ्क राख्ने उद्देश्यले त्रिनगर भन्सारमा नागरिक सहायता कक्ष राखे पनि त्यो व्यवस्थित हुन सकेको छैन । रातोपाटीबाट

 

  • युवाको लर्को
शुक्रबार, साउन ०५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप
भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा
बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति
दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो
लामो दुरीका बस सेवा बन्द
सुदूरपश्चिममा लामो दूरीका बस सेवा बन्द

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.