• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

ठेक्का प्रक्रियामा अल्झियो बुढीगङ्गा आयोजना

  •   बिहिबार, साउन ११, २०८० मा प्रकाशित

अछाम- अछाम जिल्लावासीका लागि बहुप्रतीक्षित २० मेगावाटको बुढीगङ्गा जलविद्युत् आयोजना निर्माण कार्य ठेक्का प्रक्रियामा अल्झिएको छ । समयमै ठेक्का प्रक्रिया पूरा नहुँदा आयोजना निर्माणले गति लिन सकेको छैन ।

आयोजना निर्माणको मुख्य ड्याम, टनेल र पावर हाउस निर्माण कामको ठेक्कासम्बन्धी समयमा नै टुङ्गो नलाग्दा आयोजना निर्माण कार्य पछि धकेलिँदै गएको छ । तीन पटकसम्म ठेक्का प्रव्रिmया रद्द हुँदा आयोजनाको निर्माणको कार्य अघि बढ्न नसकेको पाइन्छ ।

ड्याम, टनेल र पावर हाउस निर्माणका लागि अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गरिए पनि तीनै पटक ठेक्का रद्द भएको छ । २०७८ साल भदौमा गरिएको दुई चरणको ठेक्का प्रक्रियामा एउटा कम्पनीको मात्र बोलपत्र परेकाले उक्त ठेक्का प्रव्रिmया रद्द गरिएको आयोजना कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर स्वतन्त्रकुमार कर्णले बताए ।

त्यसको छ महिनापछि चैतमा गरिएको एकल चरण ठेक्का प्रव्रिmयामा आएका कम्पनीले ठेक्का रकमभन्दा बढी ठेक्का हालेपछि उक्त प्रक्रिया पनि रोकिएको बताइएको छ । आयोजनाले २०७९ साल असोजमा पुनः अन्तर्राष्ट्रियस्तरकै बोलपत्र आह्वान गरे पनि त्यसमा कम्पनीहरूले तोकिएको रकमभन्दा बढी ठेक्का हालेकाले प्रक्रिया अघि नबढेको उनले बताए ।

“तीन पटक बोलपत्र गर्दा पनि खरिद ऐन अनुसार प्रभावग्राही नभएकाले रद्द भएका हुन्,” इन्जिनियर कर्णले भने  । चौथो पटक बोलपत्र खोलिएकाले त्यसको प्रव्रिmया पूरा भएपछि मात्र आयोजना स्थलका मुख्य निर्माणका काम हुने बताइएको छ । “आयोजना निर्माणको काम ढिलो हुने भनेर अहिले अवलम्बन गरिएको प्रव्रिmया दु्रत प्रव्रिmया हो । त्यसै अनुसार हामी अघि बढ्छौँ,” कर्णले भने ।

ठेक्का प्रक्रियामा आयोजना अल्झेपछि काम निकै धिमा गतिमा गएको स्थानीयको गुनासो छ । “ठेक्का प्रव्रिmया पटक पटक रद्द भयो भन्ने कुरा सुन्नमा आएको छ, यसले त आयोजना निर्माणमा ढिलाइ भइरहेको छ,” साँफेबगरका अगुवा युवा कृष्ण बुढाको भनाइ छ ।

करिब १८ महिनामा सम्पन्न हुने डिपिआरले चार वर्ष समय लिएपछि आयोजना निर्माणको काम पटक पटक पछाडि धकेलिएको छ । ठेक्का प्रव्रिmया तीन वर्ष लागेपछि निर्माण समयमै सम्पन्न हुनेमा स्थानीयको आशङ्का रहेको छ ।

“आयोजनाको काम ढिलो भइरहेको छ, चाँडो सम्पन्न गर्ने गरी काम गर्नुपर्छ,” साँफेबगर नगरपालिकाका उपप्रमुख शिवबहादुर कुँवर ९शिलोज० ले भने । निकै महìवपूर्ण रूपमा हेरिएको आयोजनाको काममा तीव्र गतिमा हुनुपर्ने माग उनको छ ।

सो आयोजनाका लागि अछाममा २५० रोपनी, डोटीमा ५० र बाजुरामा २० रोपनी जग्गाको मुआब्जा वितरण भइसकेको बताइएको छ । आयोजना स्थल नजिकै प्रशासनिक भवन, पावर हाउस जाने पहुँच मार्ग र पुल निर्माण भइसकेका छन् ।

२०७७ सालभित्र आयोजना निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइने उल्लेख थियो । २०८० साल लाग्दा समेत आयोजना सञ्चालन हुने सुरसार छैन । छ अर्ब लागत अनुमान गरिएको आयोजनामा साउदी विकास कोषको तीन अर्ब २० करोड, कुवेत विकास कोषको एक अर्ब ८० करोड ऋण र बाँकी नेपाल सरकारले लगानी गर्ने गरी सो आयोजना सुुरु गरिएको हो ।

साँफेबगर नगरपालिका–१३, बुढाबगरमा बाँध बनाएर ५.६ किलोमिटर सुरुङ मार्गबाट ठाँटी बजारमा रहने विद्युत् गृहमा पानी खसालिने छ । १०र१० मेगावाटका दुइटा टर्बाइन प्रयोग गरेर २० मेगावाट विद्युत् उत्पादन हुने छ ।

उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइनबाट कैलालीको पहलमानपुरमा रहेको सब स्टेसनमा जोडिने छ । करिब ८२ किलोमिटर लामो प्रसारण लाइन साँफेबगरबाट डोटी हुँदै कैलालीको पहलमानपुरसम्म पुग्ने आयोजनाले जनाएको छ । गोरखापत्रबाट

  • बुढीगङ्गा आयोजना
बिहिबार, साउन ११, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप
रुखबाट लडेर एक महिलाको मृत्यु
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप
भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी
यस्तो छ आज देशभरको मौसम पूर्वानुमान
भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

समाचार

सबै

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

रुखबाट लडेर एक महिलाको मृत्यु

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

रुखबाट लडेर एक महिलाको मृत्यु

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.