• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ९. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

नास्टको शाखा कार्यालय ६ वर्षदेखि सुरक्षा गार्डको भरमा

  •   शनिबार, भदौ ०२, २०८० मा प्रकाशित

कञ्चनपुर — कञ्चनपुरको महेन्द्रनगरमा स्थापना भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० को शाखा कार्यालय ६ वर्षदेखि सुरक्षा गार्डको भरमा चलिरहेको छ । स्थापनादेखि नै सुरक्षा गार्डले कार्यालय खोल्ने र रेखदेख गर्नेबाहेक कुनै गतिविधि सञ्चालन हुन सकेको छैन ।

२०७४ मा जडीबुटी अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा स्थापना भएको कार्यालयमा हालसम्म कोही कर्मचारी वा अनुसन्धानकर्ता आएका छैनन् । त्यतिबेलै राखिएका उपकरण तथा परीक्षणमा प्रयोग हुने सामग्री बिग्रिन थालेका छन् भने कतिपय काम नलाग्ने भइसकेका छन् ।

कार्यालय स्थापनापछि घरभाडामै ठूलो रकम खर्च भइरहेको छ । यस क्षेत्रका जडीबुटीको अध्ययन गर्ने उद्देश्यले स्थापना भएको प्रान्तीय कार्यालय अहिले आफै बेवारिसे जस्तै बनेको छ ।

‘कार्यालय स्थापना त भयो, तर त्यसपछि कुनै कर्मचारी आएनन्,’ कार्यालयका सुरक्षा गार्ड प्रेमसिंह ठगुन्नाले भने, ‘भित्र भएका उपकरण पनि जीर्ण भइसकेका छन् ।’ प्रान्तीय कार्यालय व्यवस्थापन समितिको संयोजकमा विजय पन्त तथा सदस्यमा शारदा धामी र खेमराज जोशीलाई नियुक्त गरिएका छन् । तर हालसम्म कोही पनि कार्यालयमा नआएको ठगुन्नाले बताए ।

सरकारले नास्टको उपकुलपतिमा प्रा.डा. दिलीप सुब्बालाई हालै नियुक्त गरेको छ । सुब्बा उपकुलपति भएपछि प्रान्तीय कार्यालय पनि सञ्चालनमा आउने अपेक्षा गरिएको छ । अन्य पदाधिकारी नियुक्त हुन बाँकी छ ।

भाडामा रहेको कार्यालयलाई जिल्ला समन्वय समितिले कञ्चनपुर उद्योग वाणिज्य संघसँगै रहेको सरकारी घरसमेत उपलब्ध गराएको छ । तर उक्त घरमा सर्नका लागि केन्द्रबाट निर्देशन नआएको ठगुन्नाले बताए । उनका अनुसार जिल्ला समन्वय समितिले ०७९ मंसिरमा उक्त घर ०८२ सम्मका लागि प्रयोग गर्न दिने निर्णय गरेको थियो ।

भीमदत्त नगर विकास समितिले पनि नास्टका लागि जग्गा दिने निर्णय गरेको छ । ०७८ पुसमा तत्कालीन नगर विकास समितिको बैठकले पशु सेवा विज्ञ केन्द्र नजिकैको नास्टलाई जग्गा दिने निर्णय गर्‍यो । पछिल्लो पटक सबै प्रदेशमा नास्टको प्रान्तीय कार्यालय हतारहतारमा खोलियो । तर ०७४ मै स्थापना भएर बेवारिसे रहेको कार्यालय सञ्चालनका विषयमा भने नास्टको ध्यान पुग्न सकेको छैन ।

  • सुरक्षा गार्डको भरमा
शनिबार, भदौ ०२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लागूऔषधसहित दुई जना पक्राउ
आजदेखि सोह्र श्राद्ध सुरु
यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप
जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न
विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

समाचार

सबै

लागूऔषधसहित दुई जना पक्राउ

आजदेखि सोह्र श्राद्ध सुरु

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

लागूऔषधसहित दुई जना पक्राउ

आजदेखि सोह्र श्राद्ध सुरु

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.