• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

सुदूरपश्चिममा लम्पी स्किन महामारीका कारण १४ हजार बढी चौपायाको मृत्यु

  •   मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित

डोटी- पशु चौपायामा फैलिएको लम्मी स्किन महामारीका कारण सुदूरपश्चिम प्रदेशमा १४ हजार ३९० पशु चौपायाको मृत्यु भएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलका सूचना अधिकारी पुष्कर नाथका अनुसार पशुमा फैलिएको लम्पी स्किन रोगको महामारीका कारण पशुपालन कृषकहरूको तीन करोडभन्दा बढी रकम बराबरको क्षति भएको छ ।

सूचना अधिकारी नाथ भने, “हालसम्म तीन लाख ४६ हजार ८०८ पशुमा लम्पी स्किन रोगको सङ्क्रमण भएको छ । कतिपय स्थानीय तहहरूले यस यो रोग विरुद्धको खोप समेत लगाएका छन् । उपचारको काम भइरहेको छ ।”

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलका अनुसार लम्पी स्किन रोगका कारण सबैभन्दा बढी बैतडी जिल्लामा तीन हजार ४४९ र सबैभन्दा कम कञ्चनपुर जिल्लामा १ सय १९ पशुको मृत्यु भएको छ । यसैगरी डोटी जिल्लामा २ हजार ७५, अछाममा २ हजार २ सय ९१, डडेलधुरामा १ हजार ५३०, बझाङमा २ हजार ४२७, बाजुरामा ६९३, दार्चुलामा १ हजार ५३१ र कैलालीमा २ सय ७५ पशुको लम्पी स्किनका कारण मृत्यु भएको छ ।

कैलाली, कञ्चनपुर, बैतडी र बाजुरा जिल्लाका विभिन्न स्थानीय तहहरूमा पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । कैलालीमा ५ हजार ८००, कञ्चनपुरमा २ सय ९२, बैतडीमा ७ सय र बाजुरामा ३ सय २५ पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । विभिन्न गैरसरकारी संस्थाहरूले पनि लम्पी स्किन रोगको उपचारका लागि स्थानीय तहसँग मिलेर काम गरिरहेका छन् ।

रोगका कारण पशुको मृत्यु भएपनि सरकारी स्तरबाट तथ्याङ्क सङ्कलन बाहेक प्रभावकारी रूपमा राहतका कार्यक्रमहरू सञ्चालन हुन सकेका छैनन् । लम्पी स्किन रोगका कारण पशुमा रोग लाग्ने र मृत्यु हुने भएपछि किसानलाई आर्थिक रूपमा भार परेको छ ।

दूध दिँदै गरेको भैँसी लम्पी स्किन रोगका कारण मरेपछि ऋण लिएर अर्को भैँसी किन्ने तयारीमा रहेको डोटीको पूर्वीचौकी गाउँपालिका–२ बगलेगका देव ओलीले बताए । ओलीले भने, “८० हजार पर्ने भैँसी थियो । बिहान बेलुका दूध दिन्थ्यो । उपचार नपाएर नै मर्‍यो। अव ऋण लिएर नयाँ भैँसी किन्नु पर्ने भयो ।”

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलका अनुसार लम्पी स्किन रोगका कारण भएको क्षतिको विवरण प्रदेश स्तरको विपद् व्यवस्थापन समितिमा पेस गरिएको छ । विपद् व्यवस्थापन समितिको सिफारिसको आधारमा प्रदेश मन्त्री परिषद्ले निर्णय गरेपछि लम्पी स्किन रोग विरुद्धको खोपका साथै अन्य राहतका कार्यक्रमहरू सञ्चालन गरिने बताइएको छ ।

 

  • चौपायाको मृत्यु
मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.