काठमाडौं- एक सातामा कुखुरा मासु प्रतिकिलो २५ रूपैयाँले बढेको छ। एक साता अघि प्रतिकिलो तीन सय ५० रूपैयाँमा बिक्री भएको कुखुराको मासु अहिले तीन सय ७५ रूपैयाँ पुगेको हो। उत्पादनमा कमी आएपछि कुखुरा मासुको मूल्य बढेको कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए।
‘गर्मीले गर्दा उत्पादन घटेको छ,’ उनले भने, ‘त्यसले गर्दा मूल्य बढेको हो।’ चितवनलाई ‘पोल्ट्री हब’ मानिन्छ। त्यहाँ नै गर्मी बढेकाले कुखुराको उत्पादन घटेको छ। उनका अनुसार आगामी दिनमा बजारको मागअनुसार मूल्य घटबढ हुनेछ।














