• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

सुदूरपश्चिममा प्राकृतिक स्रोतको रोयल्टी दोब्बर

  •   बुधबार, असोज १७, २०८० मा प्रकाशित

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी संकलनको दर दोब्बर बनाएको छ । ढुंगा, गिट्टी, बालुवा, रोडा, स्लेट र ग्राभेलक उत्खनन्बाट प्राप्त हुने रोयल्टी संकलनको दर दोब्बर बनाएको हो । प्रदेश सरकारले तराइँमा सो नदीजन्य पदार्थ संकलन गर्दा प्रतिघनफिट ६ रुपैयाँका दरले रोयल्टी निर्धारण गरेको छ ।

यसअघि प्रतिघनफिट तीन रुपैयाँका दरले रोयल्टी संकलन हुँदै आएको थियो । प्रदेश सरकारले रोयल्टी संकलनको दर दोब्बर बनाएपछि स्थानीय तहहरूले प्रतिट्रयाक्टर ६ सय रुपैयाँ रोयल्टी लिंँदै आएकोमा चालु आर्थिक वर्षदेखि एक हजार दुई सय रुपैयाँ रोयल्टी लिन थालेका छन् । प्रदेश सरकारको आर्थिक ऐन २०८० को अनुसूची ६ मा नदीजन्य पदार्थ संकलन गर्दा तराई र पहाडमा छुट्टाछुट्टै दरमा कायम गरिएको छ ।

तराईमा ६ रुपैयाँ र पहाडी तथा हिमाली जिल्लामा चार रुपैयाँ प्रतिघनफिट रोयल्टी निर्धारण गरिएको छ । यसअघि, तराई, पहाड र हिमालमा समान दर ९प्रतिघनफिट तीन रुपैयाँ० कायम गरिएको थियो । माटो संकलन तथा उत्खनन्मा समेत प्रदेश सरकारले रोयल्टी दर वृद्धि गरेको छ । गत आर्थिक वर्षसम्म दुई रुपैयाँ ५० पैसा निर्धारण गरिएकोमा चालु आर्थिक वर्षदेखि तराईका जिल्लामा चार रुपैयाँ र पहाडी तथा हिमाली जिल्लामा तीन रुपैयाँ प्रतिघनफिट रोयल्टी दर निर्धारण गरिएको छ ।

यसैगरी, तराईको जिल्लामा दहत्तर–बहत्तर प्रति किलो रोयल्टी तर पूर्ववत दुई रुपैयाँ कायम गरेको प्रदेश सरकारले पहाडी तथा हिमाली जिल्लामा सोको दर आधा घटाएर प्रतिकिलो एक रुपैयाँ निर्धारण गरिएको छ । सोही अनुसूचीमा तराइका जिल्लाका स्थानीय तहसंँग सिमाना जोडिएको भू–भागबाट पहाडी जिल्लाका स्थानीय तहले प्राकृतिक स्रोतको बिक्री गर्दा तराईका जिल्लाका लागि तोकिएको दररेटका आधारमा रोयल्टी संकलन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रदेश सरकारले कटिङ ढुंगा, चुन ढुंगा र खरी ढुंगा संकलन तथा उत्खनन्मा समेत रोयल्टी निर्धारण गरेको छ । कटिङ ढुंगा संकलन गर्दा तराईका जिल्लामा तीन रुपैयाँ ५० पैसा र पहाडी तथा हिमाली जिल्लामा तीन रुपैयाँका दरले रोयल्टी लिने व्यवस्था ऐनमा गरिएको छ । चुन ढुंगा र खरी ढुंगा संकलन तथा उत्खनन्मा प्रतिटन तराईको जिल्लामा ५० रुपैयाँ र पहाडी तथा हिमाली जिल्ललामा ४० रुपैयाँ रोयल्टी निर्धारण गरिएको छ ।

आर्थिक मन्दीका साथै सरिया, सिमेन्टलगायतका रेडिमेट निर्माण सामग्रीमा भएको मूल्यवृद्धिका कारण विकास निर्माण प्रभावित भइरहेको बेला प्रदेश सरकारले प्राकृतिक स्रोतको रोयल्टी दोब्बर वृद्धि गरेपछि निर्माण क्षेत्र अझै प्रभावित हुने भएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि र प्राकृतिक स्रोतको रोयल्टी दोब्बर भएको कारण प्रतिट्रयाक्टर ट्रलीको दुई हजार पाँच सय रुपैयाँमा ढुंगा संकलन तथा ढुवानी गर्दै आएका ढुवानी व्यवसायीहरू चालु आर्थिक वर्षदेखि तीन हजार पाँच सयदेखि चार हजार रुपैयाँसम्म लिन थालेका छन् ।

बालुवा उत्खनन् तथा ढुवानीको दरसमेत ५० प्रतिशतले बढेको छ । कैलालीको गोदावरी नगरपालिकाले मूल्यवृद्धिले गर्दा नागरिकलाई समस्या परेकाले नदीजन्य पदार्थमा लगाइएको रोयल्टी पुनरावलोकन गर्न प्रदेश सरकारसँंग माग गरेको छ । गोदावरीका मेयर वीरेन्द्र भट्टले मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाएर सो माग गरेका हुन् । गतवर्षको भन्दा दोब्बरले नदीजन्य पदार्थको रोयल्टी शुल्क बढाइँदा नागरिकलाई निर्माणमा आर्थिक भार पर्न थालेकाले कार्यपालिकाबाट निर्णय गरी सो माग गरिएको भट्टले बताए ।

गतवर्ष प्रतिघनमिटर रोयल्टीवापत १२० रुपैयाँ तोकिएकोमा चालु आर्थिक वर्षमा दोब्बर वृद्धि गरी २४० रुपैयाँ पुर्‍याइएको भट्टले बताए । एक ट्राक्टर ट्रलीमा पाँच घन मिटर लोड हुने गरेको छ । प्राकृतिक स्रोत तथा वित्त व्यवस्थापन ऐन २०७४ ले प्रदेश सरकारले स्राकृतिक स्रोतको रोयल्टी निर्धारण गर्ने र स्थानीय सरकारले संकलन गर्ने व्यवस्था गरेको छ । सो ऐनअनुसार संकलन गर्ने तहलाई ६० प्रतिशत र तोक्ने तहलाई ४० प्रतिशत बाँडफाँट हुने व्यवस्था छ ।

प्रदेश सरकारको आर्थिक ऐन २०८० ले मापदण्डविपरीत प्राकृतिक स्रोतको उत्खनन्, संकलन र ढुवानी गरेमा लाग्ने जरिवानासमेत निर्धारण गरेको छ । अघिल्लो आर्थिक वर्षसम्म जरिवाना निर्धारण नगरिएको हुनाले मापदण्डविपरीत संकलन, उत्खनन् र ढुवानी गर्नेलाई सार्वजनिक अपराधअन्तर्गत कारबाही हुँदै आएकोमा चालु आर्थिक वर्षमा स्थानीय तहहरूले प्रदेश आर्थिक ऐनअन्तर्गत जरिवाना गर्न थालेका छन् । गोदावरी नगरपालिकाले हालै पाँचवटा ट्रयाक्टर धनीलाई प्रतिट्रयाक्टर ५० हजार रुपैयाँका दरले अढाई लाख रुपैयाँ जरिवाना गरेको छ ।कारोबारबाट

  • रोयल्टी दोब्बर
बुधबार, असोज १७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

समाचार

सबै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.