धनगढी- सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले कञ्चनपुरको बेल्डाडी गाउँपालिकाकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । राज्यमन्त्री रैकाले उक्त सामाग्रीहरू बेल्डाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथलाई हस्तान्तरण गरेका हुन् ।
सामाग्री हस्तान्तरण पछि बोल्दै राज्यमन्त्री रैकाले जनताको स्वास्थ्य र शिक्षाको सवाललाई आफूहरूले पहिलो प्राथमिकतामा राखेको र जनताले परिवर्तन देख्ने गरी काम गर्ने बताए ।














