धनगढी- आन्तरिक राजस्व कार्यालय धनगढीले लक्ष्यको लक्ष्यको ८६ दशमलव ८३ प्रतिशतमात्रै राजस्व सङ्कलन गरेको छ । कार्यालयको गत आर्थिक वर्ष २०८०/८१ मा वार्षिक राजस्व सङ्कलन लक्ष्यमा पुग्न नसकेको हो ।
आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब ८ करोड ४१ लाख राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेकोमा दुई अर्ब ६७ करोड ८० लाख मात्रै राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी छत्रबहादुर माझीले जानकारी दिए ।
उनले भने ‘राजस्व सङ्कलन लक्ष्यमा पुग्न सकेको छैन् । करदाताको कारोवारमा कमी भयो । बजारमा आर्थिक क्रियाकलाप बढ्न सकेनन् । जसले गर्दा राजस्व सङ्कलन लक्ष्यमा पुग्न नसकेको हो ।’
उनका अनुसार कार्यालयले आयकरबाट १ अर्ब ४७ करोड ४३ लाख,मुल्य अभिबृद्धि करबाट ९९ करोड १६ लाख र अन्तशुल्कबाट १४ करोड ५४ लाख राजस्व सङ्कलन गरेको छ ।
त्यस्तै व्याजबाफत चार करोड ९० लाख,बाहाल करबाट १ करोड ७१ लाख र स्वास्थ्य सेवा करबाट तीन लाख १७ हजार राजस्व सङ्कलन भएका उनले बताए ।
कार्यालयको आर्थिक वर्ष २०७९/८० मा तीन अर्ब ३६ करोड राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेकोमा दुई अर्ब ५७ करोड ९८ लाख मात्रै राजस्व सङ्कलन गर्न सकेको थियो । जुन लक्ष्यको ७६ दशमलव ७८ प्रतिशतमात्रै रहेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।













