• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ९. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

पूर्वाधारका आयोजनामा काम ठप्प, दलहरु रमिते

  •   शुक्रबार, साउन १८, २०८१ मा प्रकाशित

कैलाली- बजेट शून्यताका कारण आम्दानी र खर्च दुवै रोकिएपछि सुदूरपश्चिम प्रदेशमा पूर्वाधार विकासका काम ठप्प भएका छन् । आधा महिनाभन्दा बढी बजेट शून्यता भएर सबैतिर अस्तव्यस्त हुँदा पनि राजनीतिक दलहरु रमिते बनेका छन् ।

बजेट शून्यताका कारण योजनाहरुको पूर्वतयारी, क्रमागत योजना र बहुवर्षीय योजनाको काम प्रभावित भएको छ । भुक्तानी दिन बाँकी रहेका र थप स्रोत सुनिश्चितता गरी अगाडि बढाउनुपर्ने पूर्वाधार विकासका काम रोकिएको पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बमले बताए । उनका अनुसार प्रदेश सरकारसँग खर्च गर्ने आधार नरहेको र आगामी दिनमा पनि बजेट पर्ने–नपर्ने अन्योलले निर्माण कम्पनीहरुले काम सुस्त बनाएका छन् ।

‘कतिपय कामहरु बर्खाका कारणले प्रभावित भएका छन्,’ सचिव बमले भने, ‘भुक्तानी दिन बाँकी रहेका योजनाको काम बजेट नभएका कारणले रोकिएको छ । कतिपय योजनाहरुको पूर्वतयारी गर्नुपर्ने थियो । बजेट नहुँदा ती योजनाको काम पनि हुन सकेको छैन ।’

सचिव बमका अनुसार काम भइसकेका योजनाहरुमा भुक्तानी दिन सकिएको छैन । ती योजनाहरुमा काम गरिरहेका निर्माण कम्पनीहरुले थप काम रोकेका छन् । ‘भुक्तानी दिने कानुनी आधार पनि भएन । मौसमले नयाँ काम साउनमै शुरु गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘बहुवर्षीय र क्रमागत योजनाहरुमा काम भइसकेका छन् । ती योजनाको भुक्तानी दिन सकिएको छैन । धनगढीकै फोर लेन सडकको भुक्तानी दिन सकिएको छैन । कैलाली, बैतडी, अछाम, डोटीमा काम भएका तर भुक्तानी दिन नसकिएका थुप्रै योजना छन् । ती योजनाहरुमा थप काम रोकिएको छ ।’

क्रमागत र बहुवर्षीय योजनाहरुमा थप गर्नुपर्ने ठेक्का प्रक्रिया पनि रोकिएको छ भने केही योजनाको स्रोत सुनिश्चितता नहुँदा पूर्वतयारीको काम पनि प्रभावित भएको छ । ‘बजेट पास नभएका कारण स्रोत सुनिश्चितता नहुँदा पूर्वतयारीको कामहरु पनि रोकिएको छ,’ सचिव बमले भने, ‘वैधानिक रुपमा तयारी गर्न नपाएपछि मान्छे हच्किन्छ नि ।’

काम गरे भुक्तानी पाउने आधार सुनिश्चित नभएका कारण निर्माण कम्पनीहरु हच्किएका छन् । प्रदेश सरकारले निर्माण गरिरहेको धनगढीको मेनरोडको कैलाली पुल–क्याम्पस रोड खण्डको काम अहिले सुस्त भएको छ । निर्माण कम्पनी केएस कन्स्ट्रक्सनले मुख्य निर्माण कार्य रोकेको छ । केएस कन्स्ट्रक्सनका सुरेन्द्र पालले बर्खा लागेका कारण मेन रोडको काम प्रभावित भएको बताए । उनले निर्माण सामग्री सकिएको र बर्खाको बेला काम गर्न असहज भएकाले थोरै जनशक्ति खटाएर पानी निकासको काममात्रै गरिरहेको जानकारी दिए । भदौ पहिलो साताबाट सडक निर्माण कार्य पुनः शुरु गरिने उनले बताए ।

५१ करोड ६८ लाख रुपैयाँमा फोर लेन बनाउन ठेक्का लगाइएको सो २।३ किलोमिटर सडक केएस कन्स्ट्रक्सनले सबबेस निर्माणको काम लगभग सम्पन्न गरेको छ । जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला प्रहरी कार्यालयसम्मको एक साइड र एलएन चोकदेखि कैलाली पुलसम्म दुवै साइडमा सबबेस बनाउने काम बाँकी छ । सबै ठाउँमा सबबेस बनिसकेपछि बेस बनाउने र बेस बनिसकेपछि यसै आर्थिक वर्षभित्रै कालोपत्रे गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालयका साइड इञ्जिनियर दुर्गाप्रसाद अवस्थीले बताए ।

  • बजेट शून्यताको १८ औं दिन
शुक्रबार, साउन १८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा
अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते
मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

समाचार

सबै

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

भन्सार छलीका सामान नियन्त्रणमा

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.