• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ९. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

सोडारीको अध्यादेश रोकेका मुख्यमन्त्री शाह आफै अध्यादेशमार्फत बजेट ल्याउँदै

  •   मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित

लखन चौधरी
धनगढी- सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहले जारी बजेट भ्याकुमको अन्त्य गर्न लागेका छन् ।आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले सोमबार सरकारलाई पूर्णता दिँदै बजेट भ्याकुमको अवस्था अन्त्य गर्नमा लागेका हुन् ।

नवनियुक्त आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले जारी बजेट शून्यताको अवस्थालाई अन्त्य गर्न अध्यादेशमार्फत बजेट ल्याउने तयारी थालेको जानकारी दिए ।

त्यसको लागि प्रदेश सरकारले प्रदेश सभाको विशेष अधिवेशन समेत अन्त्य गर्न लागिएको मन्त्री थापाले बताए ।उनले  भने, ‘२/३ दिनभित्रै प्रदेशको बजेट शून्यताको अवस्था अन्त्य हुन्छ । मैले हिजो पदभार ग्रहण गर्ने क्रममा पनि आफ्नो पहिलो निर्णय नै अहिले बजेट शून्यताको अवस्था अन्त्य गर्ने निर्णय गरेको छु । जसको लागि हामी लागेका छौँ। विशेष अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउँछौ ।’

निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारीले असार १ गते प्रस्तुत आव ०८१/०८२ को बजेट फेल भइसकेपछि अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेका थिए । तर निवर्तमान मुख्यमन्त्री सोडारीको कदमलाई असफल पारेका हालका मुख्यमन्त्री शाहले अध्यादेशमार्फत बजेट ल्याउन लागेका हुन् । तर मुख्यमन्त्री शाहले संसदमा छलफल पूर्व नै बाहिरिएको बजेट नै जस्ताको त्यस्तै ल्याउन खोजेपछि आफूहरूले रोकेको बताउँछन् ।

मुख्यमन्त्री शाहले  भने, ‘माननीय दीर्घ सोडारी नेतृत्वको सरकारले बाहिरिएको बजेट ल्याउन खोजेको थियो । अध्यादेशमा पनि तत्काल आवश्यक चाहिने कुरा के हो रु त्यो पो ल्याउने हो त  नभए किन हाउस चाहियो रु हामीले पनि उहाँहरूलाई भनेका थियौँ, राजश्वसम्बन्धीका कुरा र साधारण खर्चका कुरा अध्यादेशमार्फत ल्याउँदा हामीलाई आपत्ति छैन । तर उहाँहरू मान्नुभएन । उहाँहरू त जो पीडीएफ फाइलमार्फत बाहिरिएको बजेट थियो, त्यही ल्याउन खोजेका थिए । त्यसमा हाम्रो विरोध थियो ।’

बुधबार नै विशेष अधिवेशन अन्त्य हुन्छ : मुख्यमन्त्री शाह

मुख्यमन्त्री शाहले प्रदेश सरकारका साधारण खर्च र राजश्वसम्बन्धी निकासको लागि संविधानमा रहेको व्यवस्था अनुसार आफूहरू अगाडि बढ्ने बताए ।  प्रदेश सभाको बुधबार बैठक आह्वान गरिएको छ । सो बैठकपछि प्रदेश सभाको विशेष अधिवेशन अन्त्य हुने मुख्यमन्त्री शाहले जानकारी दिए ।

सोडारी सरकारको त्यो अध्यादेशको कदम

निवर्तमान मुख्यमन्त्री सोडारी नेतृत्व सरकारका आर्थिक मामिला मन्त्री सुरेन्द्र पालले आव ०८१/०८२ को बजेट गत असार १ गते प्रस्तुत गरेका थिए । एमालेबाट आर्थिक मामिला मन्त्री भएका पाल हाल शाह नेतृत्व सरकारका भौतिक पूर्वाधार विकास मन्त्री छन् ।

असार १७ गते एमाले र कांग्रेसबिच भएको राजनीतिक सहमतिपछि प्रदेश सरकारबाट एमाले बाहिरिएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । जसको प्रभावले प्रदेश सभामा प्रस्तुत बजेट पास नभएपछि सोडारी नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको थियो ।

संसद्को अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले अध्यादेश जारी गर्न सक्ने कानुनी प्रावधान अनुसार सरकारले अध्यादेशको बाटो रोजेको थियो ।

जसको लागि सोडारी नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याउन प्रदेश प्रमुखलाई असार ३० गतेदेखि लागू हुने गरी बजेट अधिवेशन अन्त्यको लागि पत्राचार गरेको थियो । तर प्रदेश प्रमुख नजिर मियाँले साउन ३ गते राति १२ देखि लागू हुने गरी अधिवेशन अन्त्य गरे ।

त्यसको भोलिपल्ट प्रदेश सभाको एक चौथाइ प्रदेश सभा सदस्यहरू (कांग्रेस र एमालेसहित) विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुख कहाँ निवेदन दिए । त्यसलगत्तै प्रदेश प्रमुख मियाँले साउन ८ गतेका लागि विशेष अधिवेशन आह्वानको लागि प्रदेश सभालाई पत्राचार गरे । विशेष अधिवेशन आह्वान गरिएपछि सोडारी नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याउन असफल भयो । अन्तः सोडारीले साउन १८ गते प्रदेश सभामा सम्बोधन गर्दै प्रदेश प्रमुख मियाँलाई राजीनामा बुझाए ।

  • सोडारीको अध्यादेश रोकेका मुख्यमन्त्री शाह आफै अध्यादेश मार्फत बजेट ल्याउदै
मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा
अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते
मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

समाचार

सबै

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

भन्सार छलीका सामान नियन्त्रणमा

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.