• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ९. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

बजारमा अभाव हुन नदिन तरकारी खेती

  •   आइतबार, भदौ ०२, २०८१ मा प्रकाशित

टीकापुर- वर्षा लागेपछि तरकारी उत्पादन घट्दा बजारमा तरकारी अभाव छ । तरकारीको मूल्य बढेको छ । कैलालीको गौरीगङ्गा –१० भगतपुरका सीमा चौधरीको बारीमा भने यतिबेला काँक्रा, लौका, बोडी, भिण्डी, लटरम्म फलेका छन् । तीनवटा प्लाष्टिक घरभित्र रायोको साग हुर्किँदै छ ।

सीमाको बारीबाट अहिले ५५ रुपियाँ किलो काँक्रा, ४० रुपियाँ किलो लौका, ८० रुपियाँ किलो बोडी, १०० रुपियाँ किलो भिण्डी थोकमा बिक्री भइरहेको छ । दैनिक तीन हजार ५०० बराबरको तरकारी उत्पादन भइरहेको छ । आउँदो हप्ता दोब्बरभन्दा बढी उत्पादन हुने उनको बुझाइ छ ।

२० दिनमा खान मिल्नेगरी तीन वटा प्लाष्टिक घरमा साग हुर्किँदै छ । अहिले फलिरहेको तरकारी र साग बेचेर साउन र भदौमा सात कठ्ठामा लगाएको तरकारीले लाखौँ कमाइ हुने आशा उनको छ ।

वि.सं. २०६४ सालमा बिहे गरेकी सीमाको त्यही वर्ष घर छुट्टियो । ससुराको निधन भयो । एकै पटक खर्चको ठुलो झटका लागेपछि दैनिक खर्च धान्न उनलाई कठिन भएको थियो ।

‘के गरौँ कसो गरौँ भन्ने उनलाई भयो । आय–आर्जनको केही बाटो नभएपछि एक कठ्ठा जग्गामा तरकारी लगाउन थालिन् । टमाटर काँक्रा खुर्सानी लगायो त्यति हुर्काउन पनि कठिन भयो । फलेपछि बेच्न कठिन भयो’ सीमाले भनिन्, ‘मूल्य कति भन्ने थाहा थिएन । कसरी लैजाने भन्ने समस्या थियो, साइकल त थियो तरकारी लैजाने भाँडो नभएपछि घरैमा काठको क्रेट बनाएर त्यसैमा तरकारी लिएर बजार जान्थेँ ।’

सीमाले साइकल र मोटरसाइकलमा १३ वर्ष तरकारी बेचिन् । मोटरसाइकल किनिन् । पम्पसेट लगायतका कृषिऔजार किनेर घरखर्च चल्यो । चार कोठे पक्की घर बनाइन् ।

सामुदायिक स्वास्थ्य चिकित्सा (अहेव) पढेका सीमाका श्रीमान् फिर्तुराम गाउँमै मेडिकल खोलेका थिए । गाउँमा सेवा लिने नै कम आउने र आएकाहरू पनि नगदभन्दा उधारो लिने धेरै भए । घाटामै एक दशक चलेको मेडिकल २०७७ सालमा कोभिडको महामारी आएपछि चल्न नसक्नेगरी डुब्यो । सीमाको तरकारी बजार भने कम भएन । त्यस यता सीमाको दम्पतीले सात कठ्ठा आफ्नो र १२ कठ्ठा जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन् ।

संस्थाको सहयोग

पछिल्लो समय भगतपुर गाउँका अन्य किसान तरकारी खेतीतिर आकर्षित भइरहेका छन् । परम्परागत रूपमा खेती गर्ने किसानलाई व्यावसायिक बनाउन दिगो विकास समाजले सहयोग पनि गरिरहेको छ । संस्थाले समूहलाई सहयोग गर्ने भनेपछि भगतपुर गाउँमा तरकारी खेती गर्ने मिलीजुली कृषक समूह गठन भएको छ ।

१९ जना सम्मिलित समूहलाई दिगो विकासले साढे तीन लाख दिएको छ । समूहले डेढ लाख थपेर पाँच लाखको तरकारी एम्बुलेन्स (पेट्रोल रिक्सा) किनेको छ । संस्थाले सीमालाई थप तीनवटा प्लाष्टिक घर दिएको छ । अन्य किसानलाई पनि तालिम, पोलिहाउस, कृषि औजार दिएको छ ।

६ कठ्ठा जग्गामा तरकारी खेती गरेका अर्का किसान शिवचरण चौधरीले सीमाको परिवार तरकारी खेतीमा अब्बल रहेको बताए । पछिल्लो पटक भगतपुरका अरू किसान तरकारी खेतीमा आकर्षित भइरहेको उनको भनाइ छ ।

गौरीगङ्गा नगरपालिकाका प्राविधिक सहायक विनोद चौधरीले भगतपुरमा उत्पादन भएको तरकारी बाह्रै महिना नगरका मसुरिया, बडैपुर, चौमाला बजार र छिमेकी पालिकाका बजारमा आपूर्ति भइरहेको बताए । उनले भने, ‘तरकारीका लागि योग्य जमिन र उद्यमी किसान भएकाले राम्रै छ । यसमा संस्थाको सहयोगले व्यावसायिक बन्न टेवा पुगेको छ ।’ गोरखापत्रबाट

  • तरकारी खेती
आइतबार, भदौ ०२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा
अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते
मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

समाचार

सबै

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

भन्सार छलीका सामान नियन्त्रणमा

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.