धनगढी- कैलालीमा गएराति भएको भारी वर्षाका कारण मोहना र यसका सहायक नदीहरुमा पानीको बहाव बढेको छ ।
पछिल्लो ६ घण्टामा भारी वर्षा भएका कारण उक्त नदीहरुमा पानीको बहाव सतर्कता तह नजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नदीहरुमा पानीको बहाव थप बढ्ने हुँदा तटीय क्षेत्रहरु र डुबान भइरहने होचा भू–भागमा रहेको बस्तीमा उच्च सतर्कता अपनाउन विभागले आग्रह समेत गरेको छ ।
वर्षाका कारण खोलानालामा बाढी आएपछि केही क्षेत्रमा डुबान समेत भएको छ भने जनजीवन प्रभावित भएको छ ।















