धनगढी- कैलालीमा सर्पले डसेर एकजना महिला घाइते भएकी छन् । शनिबार जिल्लाको गोदावरी नगरपालिका–५ बस्ने ६१ वर्षीय चन्द्रादेवी धामीलाई सर्पले डसेर घघाइते भएकी हुन् ।
उनलाई घर नजिकै बाटोमा हिड्दै गरेको अवस्थामा सर्पले बाँया खुट्टामा टोकी उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याई उपचार भइरहेको ज्लिा प्रहरी कार्यालय कैलालीले जनाएको छ । निज धामीको अवस्था मध्यम रहेको जनाइएको छ ।













