• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

‘मलखाद र यान्त्रिकीकरणको अभावमा तोरीको उत्पादन बढाउन गाह्रो’

  •   बिहिबार, पुष ०४, २०८१ मा प्रकाशित

कञ्चनपुर । जिल्लाको बेलौरी नगरपालिका क्षेत्र तोरी उत्पादनका लागि प्रचुर सम्भावना भएको मानिन्छ । जिल्लाभर यो क्षेत्र तोरी उत्पादनका हिसाबले प्रसिद्ध छ तर प्रचुर सम्भावना भएर पनि यसबाट धेरै लाभ लिन सकिएको छैन । नवीन प्रविधि, उन्नत मलखाद र यान्त्रिकीकरणको अभावमा यहाँका किसानले उत्पादन बढाउन सकेका छैनन् ।

पुरानै तरिकाले खेती गर्दा सोचेअनुसार उत्पादन हुन नसकेको किसानको गुनासो छ । चार वर्षदेखि सात बिघा जग्गामा तोरीखेती गर्दै आउनुभएका वडा नं ६ का किसान बोमबहादुर रावल यान्त्रिकीकरणमा जोड दिन नसक्दा उत्पादन वृद्धि गर्न नसकिएको बताउवछन् ।

सात बिघा जग्गामा प्रतिवर्ष २८ क्विन्टल तोरी उत्पादन भए पनि आधुनिक उपकरणको प्रयोग गर्न सके उत्पादन धेरै बढाउन सकिने उहनको विश्वास छ । “सीमावर्ती क्षेत्र भारतका किसानले थोरै जग्गामा तोरीको खेती गरी मनग्य उत्पादन गरिरहेका छन् । भारतीय किसानले खेत जोत्नका लागि आधुनिक रोटाभेटर, बीउ छर्नका लागि सिडड्रिल, प्रोसिडर मेसिनको प्रयोग गर्छन्, हामी कहाँ पुरानै पद्धति छ । अत्याधुनिक प्रविधि उपलब्ध नहुँदा यहाँ उत्पादन बढी हुँदैन”, रावलले भने ।

यहाँका अधिकांश किसानले हातले नै तोरी छर्दा कतै बाक्लो त कतै पातलो उम्रिने गर्छ । जसले गर्दा बोट सप्रिन पाउँदैन । उत्पादनमा त्यस कार्यले असर गर्छ । मिहिनेतअनुसार उत्पादन हुँदैन । सबै किसानको पहुँचमा आधुनिक यन्त्र र उपकरण पुग्न नसक्दा बढी लाभ लिन नसकिएको सबैजसो किसानको भनाइ छ ।

उत्पादन बढाउनका लागि आधुनिक यन्त्र, उपकरणसँगै उन्नत जातको बीउ, मलको आपूर्ति सहज हुनैपर्ने किसानले बताउने गरेका छन् । “अधिकांश किसानले यन्त्र र उपकरण खरिद गर्न सक्दैनन् । आर्थिक हैसियतले धान्दैन, किसानको मागलाई दृष्टिगत गरी स्थानीय तह, प्रदेश र सङ्घ सरकारले अनुदानका कार्यक्रम सञ्चालन गरे हामीलाई मात्रै होइन राज्यलाई पनि त फाइदा हुन्थ्यो होला”, रावलको कथन छ ।

अर्का किसान गगन सिंह विष्ट पनि आधुनिक प्रविधि मात्रै होइन, तोरीखेतीका लागि आवश्यक पर्ने सिङ्गल सुपर सल्फेट, बोरोन, म्याग्नेसियमलगायत मलसमेत नपाउँदा उत्पादन वृद्धिमा समस्या हुने गरेको बताउँछन् । उनी भन्छन्, “यी मलका लागि भारतकै भर पर्नुपर्ने अवस्था छ । मलको सहज आपूर्ति भए पनि अहिलेको भन्दा धेरै तोरीको उत्पादनमा वृद्धि गर्न सकिन्छ ।”

तोरी उत्पादनका लागि बेलौरी क्षेत्र पहिलेदेखि नै परिचित छ । खेतमा वैज्ञानिक तरिकाले रासायनिक मलको प्रयोग नहुँदा पहिलेको तुलनामा माटोको उर्वरा शक्तिमा ह्रास आएको स्थानीय किसान बताउँछन् । प्राङ्गारिक मल, माटोको गुणस्तरमा सुधार गरी उत्पादन बढाउन सकिने भए पनि यसमा पनि कुनै पहल भएको देखिँदैन ।

नगरपालिकबाट माटो परीक्षणको कार्य मात्रै भएको तर माटो सुधारका लागि कार्यक्रम सञ्चालन नभएको किसानहरूको गुनासो छ । यहाँका किसानले उखुखेतीमा र अलग्गै पनि तोरीको खेती गर्दै आएका छन् । एकातिर उत्पादनका लागि लगानी नहुँने र अर्कोतिर किसानले उत्पादन गरेको तोरीले उचित मूल्य नपाउने समस्याले आफूहरू समस्यामा रहेको धेरैको भनाइ छ । “तोरीको उत्पादन किसानले गर्ने तर बजारमा बेच्न लैजाँदा व्यापारीले मूल्य निर्धारण गरी खरिद गर्ने परिपाटीको अन्त्य हुनर्छ । किसानको लागत खर्च उठ्नेगरी सरकारी तवरबाट मूल्य निर्धारण गरे हामीलाई धेरै सहज हुन्थ्यो”, विष्टले भने ।

नगरपालिकाको कृषि विकास शाखाका प्रमुख सुमनराज जोशी पनि नगरपालिकामा दुई सय हेक्टर क्षेत्रफलमा तोरीखेती हुने गरेको र त्यसबाट दुई हजार छ सय क्विन्टल उत्पादन भइरहेको बताउँछन् । किसानको सहजताका लागि नगरपालिकाको रु १५ लाख, सङ्घीय सरकारको ससर्त अनुदान रु १० लाख र सम्झौता बहुउद्देश्यीय सहकारीको रु पाँच लाख गरी रु ३० लाखमा तोरी पेल्ने उद्योग सञ्चालनमा ल्याइएको उनले बताए । “किसानलाई मर्का नपर्ने गरी मिलले तोरी खरिद गर्दै आएको छ । बजारमा पाइने मिसावट भएको तेललाई विस्थापित गरी आफ्नो छुट्टै तोरीको तेल ‘ब्रान्डिङ’ गरेर बजारमा बिक्रीवितरण गर्ने उद्देश्य राखेर उद्योग सञ्चालनमा ल्याइएको हो । उद्योगको दैनिक पाँच सय लिटर प्रशोधित तेल उत्पादन गर्ने क्षमता छ । अब यसको उपयोगमा जोड दिन्छौँ”, शाखा प्रमुख जोशीले भने ।

उनले खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयबाट ब्याच नम्बर लिई व्यवस्थित रूपमा तेलको बजारीकरण गर्ने प्रयास भइरहेको बताए । “तोरीको उत्पादन बढाउनका लागि किसानलाई आवश्यक तालिम र अनुदानका कार्यक्रम हुँदै आएका छन्”, जोशी भने, “तालिम र अनुदानका कार्यक्रममा नसमेटिएका किसानलाई समेट्नका लागि कार्यक्रम सञ्चालन गर्छौं ।” रासस

  • तोरीको उत्पादन
बिहिबार, पुष ०४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.