धनगढी । कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपलिका–११ चौकीसत्ता र बेलौरी नगरपलिका–६ ढक्का चाँदरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४ लाख ७ हजार १४० बराबरको बिडी, हार्डवेयर, १ थान मोटरसाइकल, लगायत बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले सोमवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













