धनगढी । कृषि,पशुपंछी,मत्स्य,भूमि व्यवस्था सहकारी क्षेत्रको विकासका लागि संघ र प्रदेश सरकारले २ अर्ब ९१ करोड ६८ लाख ४० हजार रकम विनियोजन गरेको छ ।
सो रकम चालु आर्थिक वर्ष २०८१।८२ का लागि विनियोजन गरेको हो । प्रशासनिक खर्च २० प्रतिशत हुने गरेको छ भने अन्य रकम कृषि पशुपंछी मत्स्य,भूमि व्यवस्था सहकारी क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रममा खर्च गरिने गरेको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत टिकेन्द्र कुस्मीले निशाना न्युजलाई जानकारी दिए ।
उनले बजेट बिनियोजन भएको र केही बजेट सम्बन्धित कार्यालयमा गइसकेको वताए । मंसिर महिना सम्ममा ९ करोड ६९ लाख ७३ हजार रुपैयाँ खर्च भइसकेको उनले बताए ।
कृषि ज्ञानकेन्द्र र भेटेरीनरी अस्पतालले केही कार्यक्रम गरिसकेको उनले बताए ।













