धनगढी । कैलालीबाट खैरो हेरोइनसहित ३ जना पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–३ चटकपुर डिके आयल नजिकबाट बर्दगोरीया गाउँपालिका–२ का २६ वर्षीय रामप्रसाद चौधरी र वडा नं.–५ का २५ वर्षीय हिमाल चौधरी पक्राउ परेका हुन्। दुबै जनालाई ३६० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
त्यस्तै धनगढी उपमहानगरपालिका–८ मुस्कान टोलबाट सोही ठाउँ बस्ने ३१ वर्षीय सुरेन्द्र भट्ट पक्राउ परेका हुन् । भट्टलाई १ ग्राम ३१० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














