कञ्चनपुर । कञ्चनपुरबाट भन्सार छलीका अबैध सामान बरामद गरिएको छ ।
जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेलाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४ लाख ८५ हजार मूल्य बराबरको अबैध सामान बरामद गरिएको हो ।
उक्त मूल्य बराबरको मोबाईलका डिस्प्ले र मोबाईलका बिभिन्न पार्टस लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको जनाइएको छ ।













