धनगढी । कैलालीमा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् ।
जिल्लाको धनगढी उपमहानगरपालिका–७ मनेहराबाट सोही ठाउँ बस्ने २१ वर्षीय शिवराज राना पक्राउ परेका हुन् । रानालाई १ सय मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार नियन्त्रणमा लिएको जनाइएको छ ।














