धनगढी । नेकपा माओवादी केन्द्रले आज कञ्चनपुरको पुनर्वासमा खबरदारी सभा गर्दैछ । माओवादी केन्द्र जिल्ला समन्वय समिति कञ्चनपुरको आयोजनामा खबरदारी सभा हुन लागेको हो ।
सभालाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी सभा गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ ।
पुनर्वासस्थित टाउन बजारमा हुने सभामा २० हजार जनताको उपस्थिति रहने नेकपा माओवादी केन्द्र कञ्चनपुरले जनाएको छ ।














