टीकापुर । नेकपा (माओवादी केन्द्र) टीकापुर नगर समितिको अध्यक्षमा धनसिंह साउद चयन भएका छन् । लामो प्रयासपछि शनिबार साउदको अध्यक्षमा नगर समिति गठन भएको हो ।
नगर समितिमा अन्य पदाधिकारीमा तीन जना उपाध्यक्ष,एक÷एक जना सचिव,सहसचिव र कोषाध्यक्ष चयन गरिएको छ । उपाध्यक्ष क्रमशः प्रकाश सिंह,बिमला बटाला थापा र कृष्ण गोपाल चौधरी,सचिवमा मिन्द्रा चौधरी,सहसचिवमा टेकबहादुर बुढाथोकी र कोषाध्यक्षमा सिर्जना शर्मा पण्डित चयन भएका छन् ।
साउदको अध्यक्षता ४६ सदस्यीय समिति गठन गरिएको जनाइएको छ ।














