धनगढी । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
डडेल्धुराको आलिताल गाउँपालिका-१ घण्टेश्वर मन्दिर नजिक भीमदत्त राजमार्गमा साहुखर्कबाट गैरा तर्फ जाँदै गरेको से २ त २४३१ नम्बरको ट्याक्टर नालिमा पल्टिएर मंगलबार बिहान ३ः३० बजे दुर्घटना भएको हो ।
दुर्घटना हुँदा ट्याक्टर चालक कैलालीको घोडाघोडी नगरपालिका-१० पहलवानपुरका ३० वर्षीय विशाल चौधरीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । ट्याक्टरको टायरमुनी च्यापिन गई चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।














