• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

भुवा,भस्सोको रौनक

  •   मङ्गलबार, पुष १६, २०८१ मा प्रकाशित

बाजुरा। बाजुराका अधिकांश गाउँबस्तीमा सोमबारदेखि भुवा र भस्सोको रौनक छाएको छ । पुस १५ कै दिन यहाँका स्थानीयले कौरव र पाण्डवको कथामा आधारित सांस्कृतिक पर्व भुवा खेल्न सुरु गरेपछि त्यसको रौनकता छाएको हो । यहाँका प्रायः गाउँबस्तीमा दमाहा बाजाका साथ स्थानीयले हातमा ढाल तरबार समातेर भुवा खेल्न थालेका छन् । खेतीपातीको काम सकेर फुर्सदिला भएको समयमा खेलिने यो पर्व वीरताको गाथामा आधारित छ । यही पर्वलाई अवसरमा पारेर बिदेसिएका पनि आआफ्नो घर फर्किने हुँदा गाउँघरमा थप रौनक थपिएको हुन्छ ।

पुसे औँसीको अघिल्लो रातबाट काठको मुढो बालेर सुरु गरिने भुवा पर्वमा युवा दौरासुरुवालमा सजिएर हातमा ढाल, तरबार तथा लाठी खेलाएर नाच्ने गरेका छन् । त्रेता युगमा पाण्डव कौरवबिचको लडाइँ सकिएपछि पाण्डव पक्षले खुसियाली मनाइएको दिनमा यो पर्व मनाइने किंवदन्ती छ । यसमा पाण्डवको विजयको गाथामा आधारित गीत गाइन्छ । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको हिमाली, स्वामीकार्तिक, जगनाथ, बुढीनन्दा र तल्लो क्षेत्रमा रहेको बडीमालिका, गौमुल, बढीगङ्गा, त्रिवेणी र खप्तडछेडेदह गाउँपालिकालगायतका विभिन्न ठाउँमा यो पर्वलाई विशेष रूपमा मनाइने गरिन्छ ।

छिमेकी जिल्ला अछामको साँफे नगरपालिका बलेल्त, तुका, भेरासैन, बाब्ला र बटालीगाउँ र बझाङको छान्ना, गोलाई, पढेस, थलारा र भातेखोलालगायतका गाउँबस्तीमा पनि यो भुवा र भस्सो खेल्ने चलन छ । पाण्डव र कौरवको लडाइँमा रात परेपछि उज्यालो आवश्यक भएकाले राँको सल्काइ लडाइँ सुरु गरेको स्मरणमा अहिले पनि मध्यरातमा राँको बाल्ने गरेको बुढीगङ्गा नगरपालिका–४, बानेगाउँका कलक कटुवालले बताए । उनले भने, “यो पर्वमा दमाह बजाएर तरबार हातमा लिएर चाली खेल्ने र रातभरि आगोको मुढा सल्काएर देउडा खेल्ने गरिन्छ ।”

भुवा पर्वको समयमा गाउँमा छैट पनि खेल्ने प्रचलन छ । गाउँमा कसैको घरमा जेठा छोरा जन्मेको एक वर्ष पूरा भएपछि उसको घरमा गएर छैट माग्ने चलन छ । छैटमा घरको आँगनमा भगवान् कृष्णको गाथा गाउने र जन्मेको बच्चालाई गाउँका ठुलाबडाले आशीर्वाद दिनुका साथै घरको मान्छेले सबै गाउँलेलाई बोलाई भोज गर्ने चलन पनि यस पर्वको अर्को विशेषता छ । यो पर्वको अवसर पारेर गाउँमा कसैले नयाँ जागिर पाएमा, पदोन्नति भएमा अथवा परिवारमा खुसीको काम भएमा बेठ दिने र गाउँघरमा मान्छे बोलाई भोज खुवाउने प्रचलन रहेको छ । पर्व सुरु गरेको दुईरतीन दिनपछि गाउँ गाउँमा माग्न जाने र त्यसपछि अन्तिम गर्ने समयमा भुवा भस्याउने गर्दछन् ।

तराईमा ढाल, तरबारको नाचको पर्व सुरु

कैलाली समाचारदाताका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा मनाइने ढाल तरबारको नाचको पर्व भुवा कैलाली र कञ्चनपुरमा पनि सुरु भएको छ । पहाडी जिल्लाबाट बसाइँसराइ गरेर तराईको कैलाली र कञ्चनपुर आएकाले भुवा पर्व मनाउन थालेका हुन् । यस क्रममा कैलालीको धनगढीमा तीन दिनसम्मका लागि भुवा पर्व औपचारिक रूपमा आयोजना भएको छ । कैलालीमा धनगढी उपमहानगरपालिका–१, खुलामञ्चमा सोमबारदेखि तीन दिनसम्म पर्व मनाइने भएको हो । बाजुरेली सेवा समाजको आयोजनामा यो पर्व मनाइन थालेको हो । समाजका अध्यक्ष बजिरसिंह धामीले भुवा पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले समेत बिदा दिनु खुसीको कुरा भएको बताए । पुस १५ गते प्रदेशमा सार्वजनिक बिदा दिइएको थियो।

अध्यक्ष धामीका अनुसार पुराना लोक संस्कृतिको जगेर्ना गर्न र नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले हरेक वर्ष यो पर्व मनाउने गरिएको छ । कैलालीका चौमाला, सुखड, रामशिखर झाला र कञ्चनपुरका विभिन्न स्थानमा समेत भुवा पर्व मनाइने गरिएको छ । गोरखापत्रबाट

मङ्गलबार, पुष १६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.