बझाङ । प्रेस सेन्टर नेपाल बझाङको अध्यक्षमा राजेन्द्र सिंह चयन भएका छ्न ।
प्रेस सेन्टर बझाङकाे चाैथाे अधिवेशनले आइतबार सिंहलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा उत्तमकुमार थापा,महिला उपाध्यक्षमा अल्पना सिंह, सचिवमा अञ्जु खड्का,सहसचिवमा शेरबहादुर ओली,समावेशी सहसचिवमा अनुजा परियार र काेषाध्यक्षमा शिवजी मण्डेल चयन भएका छ्न ।
त्यस्तै,अधिवेशनबाट सदस्यहरुमा अमिर खड्का,कविन्द्र बुढा, अस्मिता परियार,स्मृति बाेहरा,प्रमिला शाही चयन भएकी छ्न ।














