धनगढी । कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ ।
धनगढी उपमहानगरपालिका–२ वालुवाघाट, शिसा पोष्ट , त्रिनगर ब्यारेल, वडा नं –३ ट्राफिक चौराह र गोदावरी नगरपालिका–१ पूर्व रोडबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख १४ हजार ५० बराबरको सामान बरामद गरिएको हो ।
उक्त मूल्यका प्याज, चिनी, बिडी, सुर्ती, सरप, औषधि, मोबाइलका डिस्प्ले, गाडीका पार्टस, ज्याकेट, कोट, सुट पिस, आउटर, हाइनेक, ट्रेकसुट, भेष्ट, ट्राउजर, क्रिम लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













