कैलाली । सुदुरपश्चिमका दुई जिल्ला बाट भन्सार छली गरी ल्याएका ११ लाख ५१ हजार ९५० रुपैया पर्ने सामान प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आइृतबार राती कंञ्चनपुर र कैलाली जिल्लाका बिभिन्न स्थानबाट सो सामान पक्राउ गरेको हो ।
कैलालीको धनगढी २ वालुवाघाट, शिसा पोष्ट , त्रिनगर ब्यारेल, ३ ट्राफिक चौराह र गोदावरी १ पुर्व रोडबाट भारतबाट भन्सार छलि गरि ल्याएका मूल्य रु ३,१४,०५०।– बराबरको प्याज, चिनी, बिडी, सुर्ती, सरप, औषधि, मोबाइलका डिस्प्ले, गाडीका पार्टस, ज्याकेट, कोट, सुट पिस, आउटर, हाइनेक, ट्रेकसुट, भेष्ट, ट्राउजर, क्रिम लगायतका सामानहरु प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै कञ्चनपुरको भिमदत्त १० गड्डाचौकी ब्यारेल नजिक र ११ भुजेलाबाट भन्सार छलि गरि ल्याएका मूल्य रु.८,३७,९००।– बराबरको पित्तल र कासोका जस्ता देखिने बिभिन्न भाँडाहरु, घण्टी, घण्टी बजाउने रालो, कट्टु, मोजा प्लाष्टिक झिल्ली, हार्डवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएकोदप्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।














