धनगढी । कैलालीबाट रु २ लाख ८८ हजार ८७० बराबरको सामान बरामद गरिएको छ ।
जिल्लाका विभिन्न स्थानबाट सो मूल्यका भन्सार छलीका सामान बरामद गरिएको हो।
धनगढी उपमहानगरपालिका–२ रामजानकी मन्दिर नजिक, गोदावरी नगरपालिका–४ गोदावरी वनदेबि मन्दिर नजिक र टीकापुर नगरपालिका–९ बालुवाटार स्थित सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी सो मूल्यका सामान बरामद गरिएको हो ।
उक्त स्थानबाट बिडी, सुर्ती, मेहेन्दी, स्याम्पु, मसाला, साडी, चाउमिन, प्लाष्टिक झिल्ली, सिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।














