काठमाडौं। सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-६ सानोपाँखर बस्ने रमेश थापाको घरमा विद्युत सर्ट भई बुधबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बर्दिया, बढैयाताल गाउँपालिका-८ शितलाबजार बस्ने भद्र बहादुर बस्यालको कुखुरा फर्ममा विद्युत सर्ट भई बुधबार साँझ आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
झापा, कन्काई नगरपालिका-२ सुकेडाँगी बस्ने देउ कुमारी राईको गोठमा बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ४ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
भोजपुर, साल्पासिलिछो गाउँपालिका-१ बुम्लिङ बस्ने ७० वर्षीय माईला राईको घरमा बिहीबार आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
४ स्थानमा आगलागी हुँदा १५ लाखको धनमाल जलेर नष्ट
४ स्थानमा आगलागी हुँदा १५ लाखको धनमाल जलेर नष्ट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













