काठमाडौं । रोल्पा, सुनिल स्मृति गाउँपालिका-१ पंचिकोट बस्ने तुला महतराको घरमा विद्युत सर्टभई बुधबार राति लागेको आगो फैलिएर सँगै जोडिएको गोठमा समेत आगलाग हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सिराहा, लहान नगरपालिका-२१ माधवपुर बस्ने असेश्वर यादव र पवन यादवको गोठमा बिहीबार बिहान आगलागी हुँदा करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
झापा, शिवसताक्षी नगरपालिका-१ बस्ने टंक प्रसाद गड्तौलाको घरमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा घर र घरभित्र रहेका फर्निचर, खाद्यान्न, लत्ताकपडा,कागजपत्र लगायतका सामान जलेर करिब १३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट ४० लाख बढी धनमाल जलेर नष्ट
आगलागीबाट ४० लाख बढी धनमाल जलेर नष्ट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













