• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज २०, २०८३
☰
मङ्गलबार, असोज २०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ५. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ८. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ९. सांसद पाठकले लगाए जेई खाेप

  • १०. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

द्वन्द्वकालका विस्थापित धामी बाइस वर्षपछि फर्के घर

  •   बुधबार, फागुन १४, २०८१ मा प्रकाशित

दार्चुला । माओवादी द्वन्द्वकालका बेला बेपत्ता भएका दार्चुलाका देवसिंह धामी २२ वर्षपछि घर पुगेका छन् । २०५९ सालमा बेपत्ता भएका शैल्यशिखर नगरपालिका–१, बारिल घर भएका धामी २२ वर्षपछि घर फर्किएका हुन् । देव २२ वर्षअघि १७ वर्षको उमेरमा तत्कालीन माओवादी लडाकुहरूले निर्घात कुटपिट गरेपछि गाउँबाट भागेर भारत पसेका थिए । “मलाई राम्रोसँग याद छैन, सुराकी कि के गरेको भन्थ्यो, गोकुलेमा बन्द कोठामा कुट्दाकुट्दै मर्‍यो भनेर छोडेको थियो,” देवले भने, “माओवादी लडाकुको कुटाइले म चल्न सक्ने अवस्थामा थिइन, एक जना माओवादीले मरिसक्यो यसको व्यवस्था भोलि बिहान गरौँला भनेर मलाई त्यही अवस्थामा छोडेर गएका थिए ।”

माओवादीले मरिसक्यो भनेर छोडेका देव चौलानी नदी पार गरी बैतडी हुँदै भारत पुगेको बताउछन् । उनलाई कहाँबाट कहाँ पुगे भन्ने यकिन छैन । लुकीछिपी भारत पुगेपछि उनले भारतका विभिन्न ठाउँमा काम गरेर गुजारा गरेको बताए । बजार क्षेत्रमा माओवादी आइहाल्छन् कि भन्ने लागेपछि भारतको सिमलाको विभिन्न गाउँमा लुकेर बसेको धामीले बताए । “अहिले पनि देशमा शान्ति भइसक्यो भन्ने कुरा थाहा थिएन । घर आउन मन त लाग्थ्यो तर माओवादीको कुटाइ सम्झिँदा सबै कुरा बिर्सन्थे, त्यहाँ (सिमला) बस्दा पनि कतै माओवादी आइहाल्छन् कि भनेर बजार जाँदा डर हुन्थ्यो, दुर्गम गाउँमा लुकेरै बसेको थिएँ,” उनले भने ।

उनको मनमा अहिले पनि माओवादीको त्रास बाँकी नै छ । भारतको सिमलाबाट नेपाल आउन २२ वर्षदेखि हिम्मत जुटाएका देव अहिले छोराको विद्यालय भर्ना नहुने भए पछि जे भए नि सहुला भनेर नेपाल आएको बताउछन् । “मलाई नेपालमा युद्ध नै चलिरहेको छ भन्ने लागेको थियो, बाटोमा पनि डर नै थियो, अरूलाई सोध्दै, अनुहार लुकाउँदै घर पुगे, यहाँ पुगेपछि सबैले अब शान्ति भयो अहिले युद्ध छैन भनेपछि बल्ल मन शान्त भयो,” उनले भने।

सिमलामा बस्दै आएका देवले केही वर्षपहिले उतै बिहे गरेका थिए । उनको छोराको उमेर पाँच वर्ष भयो, विद्यालय भर्ना गर्न जन्मदर्ता चाहिने भएपछि उहाँ नेपाल आएका हुन् । सिमलामा मजदुरी गर्दै आउनुभएका उनलाई अब भारत जानेभन्दा पनि सबैले सहयोग गरे गाउँमै बस्न मन छ । “मलाई यताको बारेमा केही जानकारी छैन । म यताबाट गएको २२/२३ वर्ष भयो, अहिले धेरै फरक छ, सबैले सहयोग गरे यतै बस्ने गरी परिवार नै लिएर आउँछु,” उनले भने ।

शैल्यशिखर नगरपालिका–१ का वडाध्यक्ष भरतबहादुर खडायतले पनि देवलाई यतै बस्ने व्यवस्था गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । “उनले धेरै दुःख पाउनुभएको छ । अब यतै बस्ने व्यवस्था गर्न हामी सबैले सहयोग गर्छौं,” वडाध्यक्ष खडायतले भने । देवका बुवा र एक भाइ कैलाली बसाइँ सरेर गइसकेका छन् । अहिले गाउँमा कान्छा भाइ छन् । अलिकति जमिन पनि छ, यतै बस्छन् भने हामी सबै गाउँले पनि सहयोग गर्न तयार छौँ, देवका छिमेकी परमा खडायतले भने ।

देवकी आमाको पहिले नै मृत्यु भएको र बुवा बहादुर धामी कैलालीमा बस्दै आएको वडाध्यक्ष खडायतले बताए । वडा कार्यालयले ४३ वर्षीय देवको जन्मदर्ता बनाइदिएको छ । सोमबार वडा कार्यालयमै देवको २०३८ साल वैशाख १० गतेको जन्मदर्ता गरिएको वडाध्यक्ष खडायतले बताए । २२ वर्षपछि पहिलो पटक गाउँ फर्किएका देवलाई गाउँमा जनप्रतिनिधि र स्थानीयले स्वागत गरेका छन् । वडा परिवारले पनि देवलाई २२ वर्षसम्म भोगेका अनेकौँ दुःख बिर्सेर नयाँ जीवनको सुरुवात गर्न शुभकामना दिँदै गाउँमै बस्ने वातावरण बनाउने प्रतिबद्धता जनाएका छन् ।

देवको जन्मदर्ता गरिएको र नागरिकतालगायत आवश्यक प्रमाणपत्र बनाउन वडा कार्यालयको तर्फबाट सबै सहयोग गर्ने वडाध्यक्ष खडायतले प्रतिबद्धता गर्नुभयो । बेपत्ता देवको परिवारले राज्यबाट अहिलेसम्म कुनै सहयोग नपाएको वडाध्यक्ष खडायतले बताए ।गोरखापत्रबाट

बुधबार, फागुन १४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक
डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते
चट्याङ लागेर सात जना घाइते
गाउँको मेला-महोत्सवदेखि कमेडी च्याम्पियनको मञ्चमा सन्तोष
जिपको ढोकाबाट खसेर युवकको मृत्यु
लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

समाचार

सबै

थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते

चट्याङ लागेर सात जना घाइते

गाउँको मेला-महोत्सवदेखि कमेडी च्याम्पियनको मञ्चमा सन्तोष

थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते

चट्याङ लागेर सात जना घाइते

गाउँको मेला-महोत्सवदेखि कमेडी च्याम्पियनको मञ्चमा सन्तोष

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ५.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.