कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-५ स्थित सडकमा बागमती प्रदेश ०१-००६ ख ३५३७ नम्बरको ट्रकले म.१ प ४६५८ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका-१८ बस्ने ३० वर्षीया निर्मला बोहराको मृत्यु
भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले हाल फरार ट्रक चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।













