धनगढी । कञ्चनपुरमा भन्सार छ्लीका सामान बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–१६ बडवाल टोलमा अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु ३४ हजार बराबरको बच्चाको खेलौना तथा किराना सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त सामान प्रहरी बिट मझगाउ कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













