काठमाडौं । काठमाडौं, शंखरापुर नगरपालिकाकाको हिमालयन भ्यू पोइन्ट रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई आइतबार
साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३३ हजार २ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
अर्घाखाँची, भूमिकास्थान नगरपालिका-५ को एक घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका बस्ने ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी खिल्जीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।














