धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनचाँदी व्यवसायीका माग सम्बोधनका लागि सदनमा आवाज उठाउने बताएकाछन् । सुनचाँदी व्यवसायी महासंघको १२ औ स्थापना दिवसको अवसरमा सुनचाँदी व्यवसायी संघ कैलालीले टीकापुरमा आयोजनामा गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताका हुन् ।
सुनचाँदी व्यवसायीका मागलाई सरकारले सम्बोधन गर्नुपर्ने बताउदै अध्यक्ष प्रचण्डले सम्बोधन भएन भने सुनचाँदी व्यवसायीहरुले सडक आन्दोलन समेत गर्नुपर्ने अवस्था आउन सक्ने बताए । सुनचाँदी व्यवसाय परम्परागत पेशा भएको बताउँदै यस्लाई व्यवस्थित बनाउन आफू सरकारमा रहेका बेला कार्यक्रममा र बजेट वक्तब्यमा पनि उल्लेख गरेको बताउदै उनले अहिलेको सरकारले यस्लाई कमजोर पार्न खोजेको बताए ।
कार्यक्रममा बोल्दै सुनचाँदी व्यवसायी सघ कैलालीका अध्यक्ष यदु सुनारले आफ्नो निम्तोलाई स्विकार्दै कार्यक्रममा उपस्थित भैइदिएकोमा अध्यक्ष प्रचण्डप्रति धन्यवाद व्यक्त गर्दै सुनचाँदी व्यवसायीका माग सम्बोधनका लागि आग्रह गरे । अध्यक्ष सुनारले सुनचाँदी व्यवसायीहरुका समस्या समाधान गर्न माओवादी अध्यक्षले प्रचण्डले मात्र सक्ने बताए ।














